भारतीय आलु उच्च मुल्यमा करोबार हुँदा नेपाली आलुको मुल्य न्युन

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६० रुपैयाँ,टनेल गोलभेडा सानो २५,लोकल गोलभेडा सानो २०,घिउ सिमी लोकल १६०,काउली स्थानिय प्रतिकेजी ३५ रुपैयाँ,आलु रातो ३२ रुपैयाँ,भारतीय आलु रातो ३५,लौका ५०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी १२० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ३० रुपैयाँ,लोकल गाजर ३० रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ,टाटे सिमी १००,तितो करेला १२० रुपैयाँ,ब्रोकाउली ५०,कागती २४० रुपैयाँ, भिण्डी ११० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १००० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर १८० रुपैयाँ,आभोकाडो ५०० रुपैयाँ,किवि ५०० रुपैयाँ,हरियो खुर्सानी माछे ९० रुपैयाँ,रहु माछा ३५०,छडी माछा ३००,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी १२० रुपैयाँ,हरियो धनिया ६० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,चाइनिज लसुन सुकेको २२०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८५,मटरकोशा ११०,लसुन हरियो १२०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी १०० रुपैयाँ,पिंडालू ८० रुपैयाँ,तरुल ८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ७० रुपैयाँ,भारतीय मेवा ६० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा १५० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी २००,नेपाली सुन्तला १५०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ७०,निबुवा ५०,तामा १००,स्कूस ४०,बरेला ६०,बकूला ७०,पालूगो साग ७०,कन्य च्याउ १४० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १४०,पुदीना प्रतिकेजी ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?