किसानलाई व्यावसायिक पशुपालन तालिम

धुलिखेल (काभ्रेपलाञ्चोक), २९ चैत : काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ । महाभारत साना किसान कृषि सहकारी संस्थाको आयोजनामा महाभारत–३, ४, ५, ६, ७ र ८ का ३९ जना किसानलाई तालिम दिइएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था (साविक साना किसान बैंक)को आर्थिक सहयोगमा पशुपालन तालिम प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामी मगरले बताउनुभयो । निर्वाहमुखी अवस्थामा रहेका किसानलाई व्यावसायिकरूपमा अगाडि बढाएर आयआर्जन वृद्धिमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको उहाँको भनाइ छ ।

“हाम्रा किसान निर्वाहमुखी मात्रै भएका छन् । जति दुःख गरेर पनि आयआर्जनको क्षेत्रमा माथि उठ्न सकेका छैनन्”, अध्यक्ष मगरले भन्नुभयो, “आधुनिक सीप प्रदान गरेर आर्थिक उपार्जनमा वृद्धि गर्न किसानलाई पशुपालन व्यवसायमा गुरुयोजना बनाएर अगाडि बढ्ने सीप प्रदान गर्न आवश्यक छ ।”

उहाँहरूलाई महाभारत पशुपक्षी विकास शाखा प्रमुख बालकुमार लुङ्गेली, महाभारत–४ र ५ का पशु प्राविधिक महेन्द्र जर्गा र वडा नं ६ का निर्जल पुलामीले तालिम दिनुभएको थियो ।

महाभारत–६ का वडाध्यक्ष रमेशकुमार लुङ्गेली मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट र कृषि सहकारी संस्थाका उपाध्यक्ष केसरीमाया बललगायतको सहभागिता थियो ।

यसअघि संस्थाले गाउँपालिकाको कफी पकेट क्षेत्र विकास (फलोप) कार्यक्रमअन्तर्गत सहकारी संस्थामार्फत कफी नर्सरी व्यवस्थापन र बिरुवा रोपण तालिमका साथै कफी पल्पर मेसिन वितरण गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?