मह उत्पादन बढ्यो

बैतडी, बैतडीमा गत वर्षको तुलनामा मह उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष मौसम राम्रो तथा मौरीमा रोगको प्रकोप नदेखिएकाले गत वर्षको तुलनामा १० मेट्रिक टन मह उत्पादन बढेको हो । पछिल्लो समय व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढेको र मौरीका लागि चरन राम्रो भएका कारण मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दको बताउनुभयो । चन्दका अनुसार हरेक वर्ष मौरीका घार वितरण र मौरीपालनसम्बन्धी तालिम दिएका कारण मौरीपालन गर्ने कृषकको सङ्ख्या बढेको छ । चरन क्षेत्र र प्रशस्त फलफूल पाइने भएकाले बैतडीमा मह उत्पादनको राम्रो सम्भावना रहेकाले किसानहरू मौरीपालन व्यवसायतर्फ आकर्षित भएको चन्दले बताउनुभयो ।

बैतडी सदरमुकामलगायत श्रीकेदार, श्रीकोट, ढुङ्गाड, र गोकुलेश्वरलगायतका क्षेत्रमा चार हजार सात सय आधुनिक घार तथा करिब सात हजार आठ सय मुढे घारमा मह उत्पादन हुँदै आइरहेको छ । परम्परागत तरिकाले मौरीपालन गर्दा एक पटकमा २० देखि ३० केजीसम्म मह उत्पादन हुन्छ तर आधुनिक तरिकाले मौरीपालन गर्दा एक पटकमा ६० केजीभन्दा बढी मह उत्पादन हुने कृषि ज्ञान केन्द्रका चन्दले बताउनुभयो । बैतडीका माहुरीपालक किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन् । अरू व्यवसायभन्दा मौरी व्यवसाय गर्न सजिलो हुने १७ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै दशरथचन्द नगरपालिका ५ पोटाका सुदर्शन लेखक बताउनुहुन्छ ।

माहुरीपालन व्यवसायवाट वार्षिक चार लाख आम्दानी गर्दैं आउनुभएका लेखकले यसपालि माहुरी घार विस्तारसँगै वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । अहिले उहाँकोे घरमा झण्डै ८५ वटा मौरीका घार छन् । उहाँले यो वर्षको कात्तिकदेखि पुससम्म कम्तीमा सात पटक मह निकालिसक्नुभएको छ । यो वर्षको पुससम्म मात्रै पाँच क्विन्टल मह उत्पादन गरी बिक्री भइसकेको लेखकले बताउनुभयो । बैतडीमा उत्पादित मह कैलाली, कञ्चनपुरदेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । बैतडीको मह प्रतिकेजी आठदेखि नौँ सय रुपियाँसम्ममा बिक्री हने गरेको छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?