दलित तथा विपन्न परिवारलाई किसान ‘कार्ड’ वितरण

कृषक क्रेडिटकार्ड

सिरहा, ३० वैशाख : विपन्न तथा दलित समुदायका किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘किसान कार्ड’ वितरण गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोग र सिरहाको लहान नगरपालिकाको समन्वयमा केयर नेपालले सिरहाको वडा नं १५ र १८ का चार सय परिवारलाई रु ३५ हजार बीउ पूँजी सहयोग गर्दै किसान ‘कार्ड’ वितरण गरेको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त किसान कार्ड वितरण गर्नुहुँदै कार्डले किसानलाई ऋण सुविधामा पहुँच प्रदान गराउने र कृषि क्षेत्रभित्र नगदरहित कारोबारलाई सुव्यवस्थित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“यहाँका विपन्न तथा गरिब किसानलाई यस बीउ पूँजीले राहत दिनेछ । यसको सही उपयोग गर्न किसान दाजुभाइलाई म विशेष अनुरोध गर्दछु,” नगरप्रमुख चौधरीले भन्नुभयो, “किसान कार्डमार्फत किसानको वित्तीय संस्था, सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने विभिन्न ऋण सुविधा, छुट तथा अनुदानमा पहुँच अभिवृद्धि गर्ने आशा लिएको छु ।” साथै किसानलाई कृषि व्यवसायका लागि नपुग रकम नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?