धनुषामा गहुँ उत्पादनमा कमी

गहुँको बिउ

जनकपुरधाम , १८ जेठ : धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ ।

गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन उत्पादन भएको थियो । दुवै आर्थिक वर्षबीचको तुलना गर्दा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १८ हजार चारसय ५० मेट्रिकटन गहुँ कम उत्पादन भएको छ । यसबाट किसानलाई रु ७३ करोड ८० लाख घाटा भएको छ । अहिले प्रतिक्विन्टल रु पाँच हजारको दरले गहुँ बिक्री वितरण भइरहेको छ ।

यसवर्ष गहुँखेतीको क्षेत्रफलमा आएको कमी तथा मल र पानीको अभावका कारण गहुँ उत्पादनमा ह्रास आएको कार्यालयका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?