रु ८६ करोडको तयारी मासु तथा माछाको आयात

काठमाडौँ, पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।

भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ ।

भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो ।

आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि आयात गरिएको छ । आयात गरिएको घुङ्गी (शङ्खे किरा) सिमसार, घोल, जमेको पानी र दवदवे जमीनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ ।

आगोमा सिकाएको, सग्लो तर मरेको, (हिउँ) ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात रु छ खर्ब सात अर्ब छ भने निर्यात रु ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?