आज कहाँ कहाँ हुनेछ मेघगर्जन,चट्याङसहित भारी वर्षा ?

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम  वर्षा  भइरहेको छ। 

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

त्यसैगरी,आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?