ह्वात्तै घट्यो कन्य च्याउको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो २०, टनेल गोलभेडा सानो २६ ,घिउ सिमी लोकल ६०, टाटे सिमी १००,काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ४८,भारतीय आलु रातो ५४,लौका ३०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,राजा च्याउ २८०, कन्य च्याउ १७० रुपैयाँ, मकै बोडी १००,बन्दा लोकल ३५ रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, लोकल मूला सेतो २० रुपैयाँ, गान्टे मूला ८०,भन्टा लाम्चो ५० रुपैयाँ,टाटे सिमी ११०,तितो करेला ५० रुपैयाँ,ब्रोकाउली ११०,कागती २३० रुपैयाँ, भिण्डी ४० रुपैयाँ,रातो बन्दा ६० रुपैयाँ,लोकल काक्रो ६० रुपैयाँ,अदुवा प्रतिकेजी १९० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार,केरा दर्जन १३० रुपैयाँ,अनार ३०० रुपैयाँ, आँप(मालदह) १२०,आँप(दसहरी) १३० रुपैयाँ,रुख कटहर ४५ , लोकल नासपाती ९० ,किवि ५०० रुपैयाँ,आभोकाडो ५५०, भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ४०० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी माछे ६० रुपैयाँ ,भेडे खु्र्सानी ९० रुपैयाँ,न्यूरो प्रतिकेजी ९० रुपैयाँ,हरियो धनिया २०० रुपैयाँ,लसुन सुकेको नेपाली २००,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८०,भटमासकोशा १५०,इमली १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३०० रुपैयाँ, पिंडालू ९०,तरबुजा ६०,तोफु ११०,चुकुन्दर ६०,तामा १००,स्कूस ६०, सेलरी २५०, पार्सले ६००, जिरीको साग प्रतिकेजी ४५०,रायो साग ८०, तोरीको साग ६०,प्याज हरियो १६०,लसुन हरियो १८०, छ्यापी हरियो १३० ,पुदीना प्रतिकेजी ५५० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँमा कारोबार भइरहेको छ ।
