घट्यो अकबरे खुर्सानीको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ,भारतीय प्याज सुकेको १०३,नेपाली गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ,भारतीय गोलभेडा ठूलो १४०,टनेल गोलभेडा सानो ६०,घिउ सिमी लोकल ६०,आलु रातो ९५ रुपैयाँ,मुडे आलु रातो ८०,भारतीय आलु रातो ६१,लौका ३५,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ १३० रुपैयाँ,तने बोडी ८०,बन्दा लोकल ५० रुपैयाँ,मकै बोडी ५०,लोकल गाजर १५० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०,भिण्डी ४०,कागती २२० रुपैयाँ,लोकल काक्रो ९० रुपैयाँ,तितो करेला ६० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ८०,फुजी स्याउ २६०,तरबुजा ८०,चाइनिज नासपाती २७०,अमला ६०,मौसम १०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,चिचिन्डो ४०,चुकुन्दर ८०,रायो साग प्रतिकेजी १३०,चमसुरको साग २५०,पालूगो साग १३०,प्याज हरियो २५०,लसुन हरियो ३५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ९०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस २०,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २०० रुपैयाँ,खु्र्सानी सुकेको ४२०, हरियो खुर्सानी २००,भेडे खु्र्सानी २५० रुपैयाँ,लसुन सुकेको नेपाली २९०,चाइनिज लसुन सुकेको २७०,सेलरी ८००,पर्सले २५००,भटमासकोशा ९०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ६०,बरेला १००,लोकल परवर ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?