आज देशभर वर्षा, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं, श्रावण ०४ : म

नसुनी वायुको प्रभावले आज (आइतबार) पनि देशभर वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने केही प्रदेशमा भारी वर्षाको चेतावनी दिइएको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्नेछ।

त्यस्तै, आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। यी चार प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। वर्षाका कारण यातायात क्षेत्र तथा दैनिक जनजीवनमा समेत असर पर्न सक्ने हुँदा सजग रहन आग्रह गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?