स्याउले हाँसेका मनाङका पाखा, बाटो हेर्दै किसानका आँखा

मनाङ: हिमालको काखमा रहेको मनाङका बगैँचाहरू यतिबेला राताम्मे भएका छन्। लटरम्म फलेका स्याउ पाकेर किसानको वर्षभरिको मेहनत हाँसिरहेको छ। स्याउको दानासँगै किसानको मनमा पनि खुसी र आशाको रङ भरिएको छ।

तर, यो खुसीसँगै किसानको मनमा चिन्ताको कालो बादल पनि मडारिएको छ। वर्षभरिको पसिनाले फलाएको स्याउले बजार पाउला कि नपाउला भन्ने पिरले उनीहरूलाई सताएको छ। बर्खाले बिगारेको बाटो र ढुवानीको समस्याले उनीहरू केहि चिन्तित भने छन् ।

अबको केहि दिनमा तपाइँ हामीले शहरमा यी रसिला स्वादिला स्याउ चाख्न पाउने छौ। सकेसम्म आफ्नै देशमा उत्पादन भएको फलफुल खाने बानि गरौ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?