कोशी र सुदूरपश्चिमसहित पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना, तराईमा मौसम सामान्य रहने

काठमाडौं, भाद्र १०। आज मंगलबार देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ भने तराईका भू-भागमा मौसम आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले मौसममा बदली देखिएको हो।

दिउँसो देशभरको पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राती पनि देशको पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। राती विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक, बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?