आज देशभर बदली र केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ, आश्विन ०१ गते (बुधवार)।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। यसका साथै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव देखिएको छ।
आज दिउँसो: देशभर सामान्यतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी, कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
आज राति:कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले राति यात्रा गर्दा वा बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध छ।
