मौसम अपडेट: देशभर बदली, हिमपात, वर्षा र किसानलाई धान भित्र्याउन आग्रह

काठमाडौं, कार्तिक ११ गते (मंगलबार): हाल नेपालमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा देशभरको मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभरि र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण कृषि क्षेत्रमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै, किसानहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको छ। तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ। विशेषगरी बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वा वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको छ। साथै, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वा वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ।

मौसम विज्ञान विभागले वर्षा र हिमपातको सम्भावना रहेकाले किसानहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अहिलेको समय धान बाली काट्ने र भित्र्याउने मुख्य सिजन भएकाले, यदि किसानहरूले धान काटिसक्नुभएको छ भने सम्भावित वर्षाबाट जोगाउन तत्कालै सुरक्षित स्थानमा भित्र्याउन जोड दिइएको छ। त्यसैगरी, यदि धान काट्ने योजना बनाइरहनुभएको छ भने मौसममा सुधार नआएसम्म धान नकाट्न पनि अनुरोध गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?