तरकारी, फलफूलदेखि माछा र मसलासम्मको आजको आधिकारिक थोक मूल्यसूची

काठमाडौँ, ७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले जारी गरेको मूल्यसूची अनुसार आज बजारमा गोलभेडा, आलु, प्याज लगायतका तरकारी र फलफूलको मूल्यमा केही उतारचढाव देखिएको छ।

समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ कायम भएको छ। सानो लोकल गोलभेडा ३२ देखि ४० रुपैयाँ, टनेलको सानो गोलभेडा ४० देखि ५० रुपैयाँ, भारतीय सानो गोलभेडा ४० देखि ५० रुपैयाँ र तराईको सानो गोलभेडा ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, रातो आलु प्रतिकेजी २३ देखि २६ रुपैयाँ र भारतीय रातो आलु २४ देखि २५ रुपैयाँ तोकिएको छ भने सुकेको भारतीय प्याजको मूल्य ३५ देखि ३७ रुपैयाँ रहेको छ। लोकल गाजर ५० देखि ६० रुपैयाँ र तराईको गाजर ४० देखि ५० रुपैयाँमा किनबेच भइरहेको छ। लोकल बन्दा ४० देखि ५० रुपैयाँ, तराई र नरिवल बन्दा २५ देखि ३५ रुपैयाँ, तथा रातो बन्दा ६० देखि ८० रुपैयाँसम्म रहेको छ।

यस्तै, स्थानीय काउली २० देखि ३० रुपैयाँ, ज्यापु काउली ३५ देखि ४५ रुपैयाँ र तराई काउली २२ देखि ३० रुपैयाँमा पाइनेछ। ब्रोकाउलीको मूल्य ३० देखि ४० रुपैयाँ रहेको छ। मुला तर्फ रातो मुला २५ देखि ३५ रुपैयाँ, लोकल सेतो मुला १० देखि १५ रुपैयाँ र हाइब्रिड सेतो मुला १५ देखि २० रुपैयाँमा कारोबार हुनेछ। लोकल काक्रो १४० देखि १७० रुपैयाँ र हाइब्रिड काक्रो ६० देखि ७० रुपैयाँ तोकिएको छ। लाम्चो र डल्लो भन्टा समान ५० देखि ६० रुपैयाँ, मटरकोशा ४० देखि ५० रुपैयाँ र तिते करेला १६० देखि १८० रुपैयाँ रहेको छ।

त्यसैगरी, लोकल घिउ सिमी ९० देखि १०० रुपैयाँ, हाइब्रिड घिउ सिमी ७० देखि ८० रुपैयाँ, राजमा घिउ सिमी ११० देखि १२० रुपैयाँ र टाटे सिमी ५५ देखि ६५ रुपैयाँ कायम भएको छ। लौका ९० देखि १०० रुपैयाँ, घिरौला १३० देखि १४० रुपैयाँ, पाकेको फर्सी ४५ देखि ५५ रुपैयाँ, हरियो लाम्चो र डल्लो फर्सी १२ देखि १८ रुपैयाँमा उपलब्ध छ। भिण्डी १०० देखि १२० रुपैयाँ, सलगम ४० देखि ५० रुपैयाँ, सखरखण्ड ५५ देखि ६५ रुपैयाँ, बरेला ५५ देखि ६५ रुपैयाँ, पिँडालु ५५ देखि ६५ रुपैयाँ, स्कूस ५० देखि ६० रुपैयाँ, तरुल ५० देखि ६० रुपैयाँ, चुकुन्दर ५५ देखि ६५ रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ र गान्टे मूला ४० देखि ५० रुपैयाँ तोकिएको छ।

सागपात तर्फ, रायो साग १५ देखि ३० रुपैयाँ, पालुंगो २० देखि ३५ रुपैयाँ, चमसूर २० देखि ३० रुपैयाँ, तोरी १५ देखि २५ रुपैयाँ, मेथी ३० देखि ४० रुपैयाँ, हरियो प्याज ४५ देखि ५० रुपैयाँ, जिरीको साग ५० देखि ६० रुपैयाँ, सौफको साग ३० देखि ४० रुपैयाँ, सेलरी १५० देखि १८० रुपैयाँ, पार्सले ३५० देखि ४०० रुपैयाँ र पुदीना ३०० देखि ३५० रुपैयाँ प्रतिकेजीमा कारोबार हुनेछ। बकुला ५० देखि ६० रुपैयाँ र सजिवन २६० देखि २८० रुपैयाँ रहेको छ।

कन्य च्याउ १०० देखि १३० रुपैयाँ, डल्ले च्याउ ४२० देखि ४६० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पर्नेछ। इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ, गुन्द्रुक २८० देखि ३०० रुपैयाँ र रुख टमाटर २४० देखि २६० रुपैयाँ रहेको छ।

फलफूलको बजारभाउ अनुसार, झोले स्याउ २०० देखि २५० रुपैयाँ, फुजी स्याउ २५० देखि ३०० रुपैयाँ, केरा प्रति दर्जन १७० देखि १९० रुपैयाँ, कागती २०० देखि २२० रुपैयाँ, अनार ३०० देखि ३३० रुपैयाँ, हरियो अंगुर २०० देखि २५० रुपैयाँ र कालो अंगुर ३५० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ। नेपाली सुन्तला १५० देखि २०० रुपैयाँ, हरियो तरबुजा ८० देखि ९० रुपैयाँ, मौसम र जुनार १०० देखि १३० रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १३५ देखि १४५ रुपैयाँ, रुख कटहर ९० देखि १०० रुपैयाँ, निबुवा ५५ देखि ६५ रुपैयाँ, चाइनिज नासपाती २२० देखि २५० रुपैयाँ रहेको छ। नेपाली मेवा ५० देखि ७० रुपैयाँ र भारतीय मेवा ९० देखि ११० रुपैयाँ, लप्सी १२० देखि १४० रुपैयाँ, किनु १०० देखि १३० रुपैयाँ, स्ट्रबेरी ४०० देखि ५०० रुपैयाँ, किवि २३० देखि २६० रुपैयाँ, आभोकाडो २५० देखि ३५० रुपैयाँ र अमला ९० देखि १०० रुपैयाँ तोकिएको छ।

अदुवा १०० देखि १२० रुपैयाँ, सुकेको खुर्सानी ३६० देखि ४२० रुपैयाँ, हरियो खुर्सानी १५० देखि १८० रुपैयाँ, बुलेट खुर्सानी १५० देखि १६० रुपैयाँ, माछे खुर्सानी ७० देखि ८० रुपैयाँ, अकबरे खुर्सानी ८०० देखि ९०० रुपैयाँ र भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ रहेको छ। हरियो लसुन ५० देखि ६० रुपैयाँ, हरियो धनिया ३० देखि ५० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० देखि २५० रुपैयाँ, सुकेको छ्यापी १२० देखि १५० रुपैयाँ र हरियो छ्यापी १०० देखि १५० रुपैयाँमा पाइनेछ। सुकेको माछा ८०० देखि १००० रुपैयाँ, रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments