काठमाडौँको कालीमाटी तरकारी बजारको दैनिक मूल्य सार्वजनिक
काठमाडौँ, २५ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले जारी गरेको सूचीअनुसार बजारमा तरकारी, फलफूल र माछाको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।
समितिका अनुसार, गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य रू ६० र अधिकतम मूल्य रू ७० तोकिएको छ भने गोलभेडा सानो (लोकल) रू २८ देखि ३५ र गोलभेडा सानो (तराई) रू ३० देखि ४० मा कारोबार भइरहेको छ। आलु रातो रू २० देखि २४, आलु रातो (भारतीय) रू २२ देखि २४ र प्याज सुकेको (भारतीय) रू ३४ देखि ३६ कायम भएको छ। गाजर (लोकल) रू ४० देखि ५० र गाजर (तराई) रू ३० देखि ४० तोकिएको छ।
यसैगरी, बन्दा (लोकल) रू २५ देखि ३५ र बन्दा (नरिवल) रू २० देखि ३० कायम भएको छ। काउली स्थानिय रू २० देखि २५, स्थानीय काउली (ज्यापु) रू २८ देखि ३२ र काउली तराई रू २० देखि २५ मा किनबेच भइरहेको छ। मूला रातो रू २५ देखि ३५, मूला सेतो (लोकल) रू १० देखि १५ र सेतो मूला (हाइब्रीड) रू १५ देखि २० रहेको छ। भन्टा लाम्चो रू ४० देखि ५० र भन्टा डल्लो रू ५० देखि ६० तोकिएको छ।
यस्तै, मटरकोशा रू २० देखि ३५, घिउ सिमी (लोकल) रू २० देखि ३५, घिउ सिमी (हाइब्रीड) रू २० देखि ३०, घिउ सिमी (राजमा) रू ५० देखि ६० र टाटे सिमी रू ५० देखि ६० कायम भएको छ। तितो करेलाको मूल्य रू १४० देखि १६० पुगेको छ। काक्रो (लोकल) रू ५० देखि ६०, काक्रो (हाइब्रीड) रू ३० देखि ४० र काक्रो (लोकलक्रस) रू ४० देखि ५० तोकिएको छ। लौका रू ६० देखि ७०, परवर (तराई) रू १८० देखि २०० र घिरौला रू ६० देखि ७० मा किनबेच भइरहेको छ।
त्यसैगरी, फर्सी पाकेको रू ५५ देखि ६५, फर्सी हरियो (लाम्चो) रू १० देखि १५ र हरियो फर्सी (डल्लो) रू १० देखि १५ तोकिएको छ। सलगम रू ५० देखि ६०, भिण्डी रू १२० देखि १४०, सखरखण्ड रू ६० देखि ७०, बरेला रू ३० देखि ४०, पिंडालू रू ५० देखि ६० र स्कूस रू ५० देखि ६० कायम भएको छ।
समितिका अनुसार सागपाततर्फ, रायो साग रू १५ देखि २५, पालूगो साग रू ४० देखि ६०, चमसूरको साग रू ४० देखि ६०, तोरीको साग रू १५ देखि २५, मेथीको साग रू ५० देखि ६०, प्याज हरियो रू ४० देखि ५०, जिरीको साग रू ४० देखि ५० र सौफको साग रू ५० देखि ६० तोकिएको छ।
यसैगरी, बकूला रू ३० देखि ४० र तरुल रू ६० देखि ७० रहेको छ। च्याउ (कन्य) रू ६० देखि ८०, च्याउ (डल्ले) रू २५० देखि २८०, राजा च्याउ रू २८० देखि ३०० र सिताके च्याउ रू ८०० देखि १००० सम्म पुगेको छ। ब्रोकाउली रू २० देखि ३०, चुकुन्दर रू ६० देखि ७०, सजिवन रू २५० देखि ३००, कोइरालो रू ३०० देखि ३५० र रातो बन्दा रू ५० देखि ६० कायम भएको छ। ग्याठ कोबी रू ५० देखि ६०, सेलरी रू १२० देखि १४०, पार्सले रू २५० देखि २८०, पुदीना रू २०० देखि २५० र गान्टे मूला रू ५० देखि ६० तोकिएको छ।
यस्तै, इमली रू १७० देखि १८०, तामा रू ११० देखि १३०, तोफु रू १३० देखि १५० र गुन्दुक रू २८० देखि ३०० मा किनबेच भइरहेको छ।
त्यसैगरी फलफूलतर्फ, स्याउ (झोले) रू २०० देखि २५०, स्याउ (फूजी) रू २५० देखि ३००, केरा (दर्जन) रू १७० देखि १९०, कागती रू २३० देखि २५० र अनार रू २८० देखि ३२० कायम भएको छ। अंगुर (हरियो) रू १८० देखि २१०, अंगुर (कालो) रू २८० देखि ३२०, सुन्तला (भारतीय) रू १२० देखि १६०, तरबुजा (हरियो) रू ६० देखि ७०, मौसम रू १२० देखि १४० र जुनार रू १०० देखि १२० तोकिएको छ।
भुई कटहर प्रति गोटा रू १४० देखि १५० र रुख कटहर प्रति केजी रू १०० देखि १२० रहेको छ। निबुवा रू ५५ देखि ६५, नासपाती (चाइनिज) रू २२० देखि २५०, मेवा (नेपाली) रू ५० देखि ७०, मेवा (भारतीय) रू १०० देखि १२०, लप्सी रू २२० देखि २५० र किनु रू ११० देखि १३० तोकिएको छ।
स्ट्रबेरी भुईऐसेलु रू ३०० देखि ४००, किवि रू ३०० देखि ४००, आभोकाडो रू ३०० देखि ४०० र अमला रू १०० देखि १२० मा कारोबार भइरहेको छ।
समितिका अनुसार अदुवा रू १०० देखि १३०, खु्र्सानी सुकेको रू ४०० देखि ४५० र खु्र्सानी हरियो रू २४० देखि २६० कायम भएको छ।
यसैगरी, खुर्सानी हरियो (बुलेट) रू २४० देखि २६०, खुर्सानी हरियो (माछे) रू ५० देखि ८०, खुर्सानी हरियो (अकबरे) रू ७०० देखि ८०० र भेडे खु्र्सानी रू ८० देखि ११० तोकिएको छ। लसुन हरियो रू ४० देखि ५०, हरियो धनिया रू ३० देखि ५०, लसुन सुकेको चाइनिज रू २३० देखि २६०, लसुन सुकेको नेपाली रू १८० देखि २००, छ्यापी सुकेको रू १०० देखि १२० र छ्यापी हरियो रू ७० देखि ९० कायम भएको छ।
त्यसैगरी माछातर्फ, माछा सुकेको रू ८०० देखि १०००, ताजा माछा (रहु) रू ३२० देखि ३५०, ताजा माछा (बचुवा) रू २७० देखि २८० र ताजा माछा (छडी) रू २३० देखि २५० तोकिएको समितिले जनाएको छ।
