कालीमाटी बजारमा आजको थोक मूल्य सार्वजनिकः कुन तरकारी, फलफूल र माछाको भाउ कति ? (पूर्ण विवरण)

काठमाडौँ, २८ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहिबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल, मसला र माछाको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार, गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकेजी रु ६५ र अधिकतम रु ७५ तोकिएको छ। यस्तै, गोलभेडा सानो (लोकल) को मूल्य रु ४० देखि ५०, गोलभेडा सानो (भारतीय) रु ५० देखि ५५ र गोलभेडा सानो (तराई) रु ५५ देखि ६५ कायम भएको छ।

यसैगरी, आलु रातो रु १८ देखि २२, आलु रातो (भारतीय) रु २२ देखि २४ र प्याज सुकेको (भारतीय) रु ३४ देखि ३६ प्रतिकेजीमा कारोबार भइरहेको छ।

यस्तै, गाजर (लोकल) को मूल्य रु ४० देखि ५० र गाजर (तराई) रु ३० देखि ४० तोकिएको छ। बन्दा (लोकल) रु २५ देखि ३५ र बन्दा (नरिवल) रु १८ देखि २४ सम्म किनबेच हुँदा स्थानीय काउली रु २० देखि ३०, स्थानीय काउली (ज्यापु) रु ३० देखि ३५ र काउली (तराई) रु २० देखि ३० कायम गरिएको छ। मूला रातो रु ३० देखि ३५, मूला सेतो (लोकल) रु १० देखि १५ र सेतो मूला (हाइब्रीड) रु १५ देखि २० तोकिएको छ भने भन्टा लाम्चो रु ४० देखि ५० र भन्टा डल्लो रु ५० देखि ६० पुगेको छ।

त्यसैगरी, मटरकोशाको न्यूनतम मूल्य रु ३० र अधिकतम रु ४० छ। घिउ सिमी (लोकल) रु ३५ देखि ४५, घिउ सिमी (हाइब्रीड) रु ३० देखि ४०, घिउ सिमी (राजमा) रु ६० देखि ७० र टाटे सिमी रु ४० देखि ५० प्रतिकेजीमा कारोबार भइरहेको छ।

तितो करेला रु ११० देखि १२०, काँक्रो (लोकल) रु ५० देखि ६०, काँक्रो (हाइब्रीड) रु २५ देखि ४०, काँक्रो (लोकलक्रस) रु ४० देखि ५०, लौका रु ५० देखि ६०, परवर (तराई) रु १०० देखि १२० र घिरौला रु ५० देखि ६० तोकिएको छ। फर्सी पाकेको रु ६० देखि ७०, फर्सी हरियो (लाम्चो र डल्लो दुवै) रु १२ देखि २० सम्म रहेको छ।

समितिका अनुसार, सलगम रु ४० देखि ५०, भिण्डी रु १०० देखि १२०, सखरखण्ड रु ६५ देखि ७०, बरेला रु ३० देखि ४०, पिंडालू रु ५० देखि ६० र स्कूस रु ३५ देखि ४० कायम भएको छ।

यसैगरी सागपाततर्फ रायो साग रु २५ देखि ३५, पालुङ्गो साग रु ६० देखि ७०, चमसूरको साग रु ६० देखि ७०, तोरीको साग रु २० देखि ३०, मेथीको साग रु ६० देखि ७०, प्याज हरियो रु ३० देखि ५०, जिरीको साग रु ४० देखि ५० र सौफको साग रु ६० देखि ७० प्रतिकेजी तोकिएको छ।

यस्तै, च्याउ (कन्य) को मूल्य रु १२० देखि १५०, च्याउ (डल्ले) रु ४०० देखि ४५०, राजा च्याउ रु २८० देखि ३०० र सिताके च्याउ रु ८०० देखि १००० सम्म कायम गरिएको छ।

कुरिलो रु ५०० देखि ६००, न्यूरो रु ७० देखि ८०, ब्रोकाउली रु २५ देखि ३०, चुकुन्दर रु ६५ देखि ७०, सजिवन रु १५० देखि १८०, कोइरालो रु ३०० देखि ३५०, रातो बन्दा रु ४० देखि ५०, ग्याठ कोबी रु ५० देखि ६०, सेलरी रु १०० देखि ११०, पार्सले रु २०० देखि २२० र पुदिना रु १५० देखि १८० कायम भएको छ।

बकुला रु २५ देखि ३५, तरुल रु ६० देखि ७०, गान्टे मूला रु ४० देखि ५०, इमली रु १७० देखि १८०, तामा रु ११० देखि १३०, तोफु रु १३० देखि १५० र गुन्द्रुक रु २८० देखि ३०० र रुख टमाटर रु २६० देखि २८० प्रतिकेजी तोकिएको छ।

त्यसैगरी, फलफूलतर्फ स्याउ (झोले) रु २०० देखि २५०, स्याउ (फूजी) रु २५० देखि ३०० र केरा प्रति दर्जन रु १८० देखि १९० तोकिएको छ।

यसैगरी, कागती रु २६० देखि २८०, अनार रु ३०० देखि ३२०, अंगुर (हरियो) रु २०० देखि २२०, अंगुर (कालो) रु ३०० देखि ३२०, सुन्तला (भारतीय) रु १३० देखि १६०, तरबुजा (हरियो) रु ५० देखि ६०, भुई कटहर प्रति गोटा रु १५० देखि १६० र रुख कटहर प्रतिकेजी रु १०० देखि १२० कायम भएको छ।

नासपाती (चाइनिज) रु २३० देखि २५०, मेवा (नेपाली) रु ५० देखि ७०, मेवा (भारतीय) रु १०० देखि १२०, लप्सी रु २८० देखि ३००, किनु रु १२० देखि १३०, स्ट्रबेरी भुईऐसेलु रु ३०० देखि ४००, किवि रु ३०० देखि ४००, आभोकाडो रु ३०० देखि ४०० र अमला रु १२० देखि १४० तोकिएको छ।

समितिका अनुसार, अदुवा रु १०० देखि १२०, खुर्सानी सुकेको रु ४०० देखि ४५०, खुर्सानी हरियो रु ९० देखि ११०, खुर्सानी हरियो (बुलेट) रु ७० देखि ९०, खुर्सानी हरियो (माछे) रु ४० देखि ५० र खुर्सानी हरियो (अकबरे) रु ८०० देखि ९०० सम्म कारोबार भइरहेको छ।

भेडे खुर्सानी रु ६० देखि ८०, लसुन हरियो रु ४० देखि ५०, हरियो धनिया रु ४० देखि ५०, लसुन सुकेको चाइनिज रु २३० देखि २६०, लसुन सुकेको नेपाली रु १८० देखि २००, छ्यापी सुकेको रु १०० देखि १२० र छ्यापी हरियो रु ६० देखि ८० कायम भएको छ।

अन्त्यमा, माछातर्फ माछा सुकेको रु ८०० देखि १०००, ताजा माछा (रहु) रु ३२० देखि ३५०, ताजा माछा (बचुवा) रु २७० देखि २८० र ताजा माछा (छडी) रु २३० देखि २५० प्रतिकेजी न्यूनतम र अधिकतम मूल्य तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?