माछा, तरकारी र फलफूलको नयाँ मूल्य सार्वजनिक

काठमाडौँ, १२ चैत ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज सार्वजनिक गरिएको मूल्यसूचीमा तरकारी, फलफूल र माछाको मूल्यमा केही फेरबदल देखिएको छ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ७० र अधिकतम ८० रुपैयाँ तोकिएको छ । यस्तै, स्थानीय सानो गोलभेडा न्यूनतम ३० देखि अधिकतम ४० रुपैयाँ, भारतीय सानो गोलभेडा ३५ देखि ४५ रुपैयाँ र तराईको सानो गोलभेडा ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, रातो आलुको न्यूनतम मूल्य १५ र अधिकतम २० रुपैयाँ कायम गरिएको छ भने भारतीय रातो आलु २० देखि २२ रुपैयाँ र सुकेको भारतीय प्याज प्रतिकिलो ३४ देखि ३६ रुपैयाँमा बिक्री भइरहेको छ।

समितिको विवरण अनुसार स्थानीय गाजरको न्यूनतम मूल्य ३० र अधिकतम ४० रुपैयाँ छ भने तराईको गाजर २० देखि ३० रुपैयाँमा पाइन्छ। यस्तै, स्थानीय बन्दा र नरिवल बन्दाको मूल्य क्रमशः २०–३० र २०–२५ रुपैयाँ तोकिएको छ। स्थानीय काउलीको ६०–८० रुपैयाँ, ज्यापु काउलीको ८०–९० रुपैयाँ र तराईको काउलीको ५५–६५ रुपैयाँ न्यूनतम र अधिकतम मूल्य रहेको छ।

त्यसैगरी, सेतो मूला (लोकल) १५ देखि २० रुपैयाँ र हाइब्रिड मूला २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ। लाम्चो भन्टा ४५–६० र डल्लो भन्टा ६५–७५ रुपैयाँ पुगेको छ। तने बोडीको न्यूनतम १४० र अधिकतम १६० रुपैयाँ तोकिएको छ भने मटरकोशा ४५ देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। घिउ सिमी (लोकल) १०० देखि १२०, हाइब्रिड घिउ सिमी ८० देखि १०० र राजमा सिमी ९० देखि १०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, टाटे सिमी ६०–८०, स्थानीय काक्रो ४५–५५, हाइब्रिड काक्रो २५–३५ र लोकल क्रस काक्रो ३५ देखि ४५ रुपैयाँमा पाइन्छ। तितो करेलाको मूल्य १४० देखि १६० रुपैयाँ पुगेको छ भने लौका ८० देखि १०० र तराईको परवर १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ। घिरौला ११० देखि १२०, पाकेको फर्सी ५५ देखि ६५, हरियो लाम्चो फर्सी ८० देखि १०० र डल्लो हरियो फर्सी ५० देखि ६० रुपैयाँ तोकिएको छ।

यसैगरी, भिण्डी १४०–१५०, सखरखण्ड ६०–७०, बरेला ६०–७०, पिंडालू ४५–६०, स्कूस ५०–६० र न्यूरो ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ।

समितिका अनुसार रायोको साग प्रतिकिलो ६० देखि ८०, पालुंगो, चमसूर र मेथीको साग समान १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तोरीको साग ४०–५०, हरियो प्याज ५०–७०, जिरीको साग ५०–६०, सुपको साग १००–११० र पुदीना १०० देखि १२० रुपैयाँ तोकिएको छ। हरियो धनियाँको मूल्य ५० देखि ८० रुपैयाँ कायम गरिएको छ।

च्याउतर्फ कन्य च्याउ १५० देखि १८०, डल्ले च्याउ २८० देखि ३२०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ। यस्तै, कुरीलो ४०० देखि ५००, ब्रोकाउली ८० देखि १००, कोइरालो १५० देखि १८०, र सजिवन १२० देखि १४० रुपैयाँमा कारोबार भइरहेको छ। सेलरी १००–१२० र पार्सले १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ।

फलफूलतर्फ झोले स्याउ २००–२५० र फूजी स्याउ २५० देखि ३०० रुपैयाँ कायम गरिएको छ। केरा प्रतिदर्जन २०० देखि २२०, कागती २२० देखि २५०, अनार ३०० देखि ३५० र हरियो अंगुर २०० देखि २२० रुपैयाँमा पाइन्छ। कालो अंगुरको मूल्य ३३० देखि ३५० रुपैयाँ पुगेको छ। भारतीय सुन्तला १३०–१५०, हरियो तरबुजा ४०–५०, भुई कटहर प्रतिगोटा १५०–१७० र रुख कटहर प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै, चाइनिज नासपाती २३०–२५०, नेपाली मेवा ५०–७०, भारतीय मेवा ९०–११०, किनु ११०–१३०, स्ट्रबेरी २५०–३५०, किवि ३००–४०० र आभोकाडो ३०० देखि ४०० रुपैयाँ तोकिएको छ। अमलाको मूल्य १८० देखि २०० रुपैयाँ रहेको छ।

अदुवाको न्यूनतम ९० र अधिकतम ११० रुपैयाँ छ भने सुकेको खुर्सानी ३८० देखि ४२० रुपैयाँ पुगेको छ। हरियो खुर्सानी १३०–१५०, बुलेट खुर्सानी ११०–१३० र माछे खुर्सानी ७०–८० रुपैयाँ तोकिएको छ। अकबरे खुर्सानी भने प्रतिकिलो ७०० देखि ८०० रुपैयाँसम्म पुगेको छ। सुकेको चाइनिज लसुन २३०–२५० र नेपाली लसुन १८०–२०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, इमली १७०–१८०, तामा ११०–१३०, तोफु १३०–१५० र गुन्दुक ३०० देखि ३२० रुपैयाँमा बिक्री भइरहेको छ। रुख टमाटरको मूल्य २८० देखि ३०० रुपैयाँ कायम गरिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ। ताजा माछातर्फ रहु माछा ३२० देखि ३५०, बचुवा माछा २७० देखि २८० र छडी माछा २३० देखि २५० रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments