बजार जाँदै हुनुहुन्छ भने हेर्नुहोस् फलफूल र तरकारीको नयाँ रेट लिस्ट, कुन कृषि उपजको मूल्य कति पुग्यो ?
काठमाडौँ, २० चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आजको बजारमा विभिन्न तरकारी, फलफूल र माछाको मूल्यमा विविधता देखिएको छ ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार, भारतीय ठूलो गोलभेडा प्रतिकिलो न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँसम्म तोकिएको छ । यस्तै, सानो लोकल गोलभेडा न्यूनतम २२ देखि अधिकतम ३२ रुपैयाँ, भारतीय सानो गोलभेडा न्यूनतम २५ देखि अधिकतम ४० रुपैयाँ र तराईको सानो गोलभेडा न्यूनतम ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, रातो आलु प्रतिकिलो १५ देखि २० रुपैयाँ, भारतीय रातो आलु २० देखि २३ रुपैयाँ र भारतीय सुकेको प्याज ३५ देखि ३७ रुपैयाँसम्म बिक्री भइरहेको छ । गाजरको मूल्य लोकलतर्फ २५ देखि ३५ रुपैयाँ र तराईको गाजर १६ देखि २५ रुपैयाँ कायम गरिएको छ ।
लोकल बन्दा २५ देखि ३० रुपैयाँ र नरिवल बन्दा १५ देखि २५ रुपैयाँमा पाइन्छ । स्थानीय काउली ५० देखि ६० रुपैयाँ र ज्यापु काउली ७० देखि ८० रुपैयाँसम्म पर्ने देखिन्छ । यस्तै, मूला सेतो लोकल १५ देखि २० रुपैयाँ र हाइब्रिड मूला २० देखि ३० रुपैयाँमा पाइनेछ ।
समितिका अनुसार लाम्चो भन्टा ६० देखि ७० रुपैयाँ, डल्लो भन्टा ७० देखि ८० रुपैयाँ, तने बोडी ११० देखि १२० रुपैयाँ, मटरकोशा ६० देखि ७० रुपैयाँ र लोकल घिउ सिमी ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, हाइब्रिड घिउ सिमी ६० देखि ७० रुपैयाँ, राजमा सिमी ९० देखि १०० रुपैयाँ र टाटे सिमी ८० देखि ९० रुपैयाँ तोकिएको छ ।
तितो करेला १५० देखि १६० रुपैयाँ, लोकल काक्रो २५ देखि ४२ रुपैयाँ, हाइब्रिड काक्रो १५ देखि २५ रुपैयाँ र लोकल क्रस काक्रो २२ देखि ३० रुपैयाँ पुगेको छ । लौका ५० देखि ७० रुपैयाँ, तराई परवर ९० देखि १०० रुपैयाँ, चिचिण्डो १०० देखि १२० रुपैयाँ र घिरौला ९० देखि १०० रुपैयाँमा उपलब्ध छन् । पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ३० देखि ४० रुपैयाँ र हरियो डल्लो फर्सी २५ देखि ४० रुपैयाँ पर्नेछ ।
यसैगरी, भिण्डी १२० देखि १३० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, बरेला ७० देखि ८० रुपैयाँ, पिंडालू ५० देखि ६० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
सागपाततर्फ रायो साग ३० देखि ५० रुपैयाँ, पालूगो साग ५० देखि ७० रुपैयाँ, चमसूर ७० देखि ८० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, मेथीको साग ७० देखि ८० रुपैयाँ र हरियो प्याज ७० देखि ८० रुपैयाँ तोकिएको छ ।
कन्य च्याउ १३० देखि १५० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म महँगो रहेको छ । कुरिलो ३७५ देखि ४२५ रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ७० देखि ९० रुपैयाँ र कोइरालो २४० देखि २८० रुपैयाँमा कारोबार भइरहेको छ । बकूला ३५ देखि ४५ रुपैयाँ, तरुल ७० देखि ८० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ र सजिवन १०० देखि १२० रुपैयाँ पुगेको छ ।
रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ५० देखि ६० रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ, पार्सले १५० देखि २०० रुपैयाँ र पुदीना ८० देखि ९० रुपैयाँ कायम छ । इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ ।
फलफूलतर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ, केरा प्रति दर्जन २०० देखि २२० रुपैयाँ र कागती २१० देखि २२० रुपैयाँ तोकिएको छ । अनार ३०० देखि ३५० रुपैयाँ, हरियो अंगुर २०० देखि २२० रुपैयाँ, कालो अंगुर ३३० देखि ३५० रुपैयाँ र भारतीय सुन्तला १३० देखि १५० रुपैयाँमा पाइनेछ । यस्तै हरियो तरबुजा ४० देखि ५० रुपैयाँ, भुई कटहर प्रति गोटा १५० देखि १६० रुपैयाँ, रुख कटहर ८० देखि १०० रुपैयाँ, निबुवा ७० देखि ८० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ र भारतीय मेवा ९० देखि ११० रुपैयाँ पर्नेछ । किनु ११० देखि १३० रुपैयाँ, स्ट्रबेरी २५० देखि ३०० रुपैयाँ, किवि ३०० देखि ४०० रुपैयाँ र अमला १८० देखि १९० रुपैयाँ कायम गरिएको छ ।
अदुवा ७० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, हरियो खुर्सानी ९० देखि १०० रुपैयाँ र बुलेट हरियो खुर्सानी ८० देखि १०० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी १४० देखि १५० रुपैयाँ, हरियो लसुन ७० देखि ८० रुपैयाँ, हरियो धनिया ५० देखि ८० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० देखि २४० रुपैयाँ र नेपाली सुकेको लसुन १७० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ । छ्यापी सुकेको १०० देखि १२० रुपैयाँ र हरियो ८० देखि ९० रुपैयाँ कायम छ ।
माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा माछा (रहु) ३२० देखि ३४० रुपैयाँ, बचुवा २९० देखि ३०० रुपैयाँ र छडी माछा ३०० देखि ३२० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ ।
