पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २३ चैत ।नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशभरको मौसममा फेरबदल आएको छ।

हाल कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था छ। यसैगरी, कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभरको पहाडी तथा हिमाली भेगमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ। पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली भू-भागमा साधारणतया बदली रहने देखिन्छ। पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?