हेर्नुहोस् कालीमाटी विकास समितिले सार्वजनिक गरेको पूर्ण सूची

काठमाडौँ, २४ चैत। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार, गोलभेडा ठूलो (भारतीय) को मूल्य प्रतिकेजी न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँ तोकिएको छ । सानो स्थानीय गोलभेडा २० देखि २८ रुपैयाँ, भारतीय सानो गोलभेडा २० देखि ३० रुपैयाँ र तराईको सानो गोलभेडा ३० देखि ३६ रुपैयाँमा कारोबार भइरहेको छ ।

रातो आलु प्रतिकेजी १६ देखि २१ रुपैयाँ र भारतीय रातो आलु २० देखि २३ रुपैयाँमा पाइनेछ । सुकेको भारतीय प्याजको मूल्य ३५ देखि ३७ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, स्थानीय गाजर प्रतिकेजी ३० देखि ४० रुपैयाँ र तराईको गाजर २० देखि ३० रुपैयाँमा उपलब्ध छ । स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ र नरिवल बन्दा १५ देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय काउली ४० देखि ५५ रुपैयाँ, ज्यापु काउली ६५ देखि ७५ रुपैयाँ र तराईको काउली ४० देखि ५० रुपैयाँ तोकिएको छ ।स्थानीय सेतो मूला र हाइब्रिड सेतो मूलाको मूल्य न्यूनतम १५ देखि अधिकतम क्रमशः २० र २५ रुपैयाँसम्म रहेको छ ।

समितिका अनुसार, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ, डल्लो भन्टा ७० देखि ८० रुपैयाँ, तने बोडी ८० देखि १०० रुपैयाँ र मटरकोशा ६५ देखि ८० रुपैयाँमा पाइन्छ । स्थानीय घिउ सिमी ५० देखि ६० रुपैयाँ, हाइब्रिड घिउ सिमी ४० देखि ६० रुपैयाँ र राजमा सिमी १०० देखि १२० रुपैयाँ पुगेको छ । तितो करेला १४० देखि १७० रुपैयाँ, लौका ४० देखि ६० रुपैयाँ, तराईको परवर ९० देखि १०० रुपैयाँ, चिचिण्डो ८० देखि १०० रुपैयाँ र घिरौला ६० देखि ७० रुपैयाँमा उपलब्ध छ ।

यस्तै, स्थानीय काँक्रो ३५ देखि ५० रुपैयाँ, हाइब्रिड काँक्रो १५ देखि २५ रुपैयाँ र लोकलक्रस काँक्रो २५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, लाम्चो हरियो फर्सी ३० देखि ४० रुपैयाँ र डल्लो हरियो फर्सी ४० देखि ५० रुपैयाँ तोकिएको छ । भिण्डी १०० देखि १िन० रुपैयाँ, सखरखण्ड र बरेला ६० देखि ७० रुपैयाँ, पिंडालू ५० देखि ६० रुपैयाँ, स्कूस ५५ देखि ६५ रुपैयाँ र तरुल ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सागसब्जीतर्फ रायोको साग ४० देखि ६० रुपैयाँ, पालूगो साग ५० देखि ७० रुपैयाँ, चमसूर र मेथीको साग ८० देखि ९० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज ७० देखि १०० रुपैयाँमा उपलब्ध छ । यसैगरी, जिरीको साग ४० देखि ५० रुपैयाँ र सौफको साग ८० देखि ९० रुपैयाँ कायम गरिएको छ ।

समितिका अनुसार, कन्य च्याउ १५० देखि १८० रुपैयाँ, डल्ले च्याउ २५० देखि ३०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ तोकिएको छ ।

यस्तै, कुरीलो ३५० देखि ४०० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ६० देखि ८० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ र कोइरालो २५० देखि २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, रातो बन्दा ३५ देखि ५० रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ, पार्सले १५० देखि २०० रुपैयाँ, पुदीना १०० देखि १२० रुपैयाँ र गान्टे मूला ४० देखि ५० रुपैयाँ पुगेको छ । इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २५० देखि २८० रुपैयाँमा बिक्री भइरहेको छ ।

फलफूलतर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ, केरा प्रतिदर्जन २०० देखि २२० रुपैयाँ र कागती २४० देखि २६० रुपैयाँमा पाइन्छ । अनार ३२० देखि ३५० रुपैयाँ, हरियो अंगुर २०० देखि २२० रुपैयाँ, कालो अंगुर ३३० देखि ३५० रुपैयाँ, भारतीय सुन्तला १३० देखि १५० रुपैयाँ र हरियो तरबुजा ४० देखि ५० रुपैयाँ तोकिएको छ । भुईँ कटहर प्रतिगोटा १५० देखि १७० रुपैयाँ, रुख कटहर प्रतिकेजी ८० देखि १०० रुपैयाँ र निबुवा ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चिनियाँ नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, स्ट्रबेरी २५० देखि ३०० रुपैयाँ, किवि ४०० देखि ४५० रुपैयाँ र अमला १७० देखि १९० रुपैयाँ पुगेको छ ।

अदुवा ७० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, हरियो खुर्सानी ९० देखि ११० रुपैयाँ, बुलेट खुर्सानी ६० देखि ८० रुपैयाँ र माछे खुर्सानी ९० देखि १०० रुपैयाँमा उपलब्ध छ । अकबरे खुर्सानी ७०० देखि ८०० रुपैयाँ, भेडे खुर्सानी ९० देखि ११० रुपैयाँ, हरियो लसुन ७० देखि ८० रुपैयाँ र हरियो धनियाँ ९० देखि १२० रुपैयाँ तोकिएको छ । चिनियाँ सुकेको लसुन २१० देखि २३० रुपैयाँ, नेपाली सुकेको लसुन १४० देखि १५० रुपैयाँ, सुकेको छ्यापी १०० देखि १२० रुपैयाँ र हरियो छ्यापी ८० देखि १०० रुपैयाँ पुगेको छ ।

अन्त्यमा, माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २९० देखि ३०० रुपैयाँ र छडी माछा ३०० देखि ३२० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?