कालीमाटी बजारमा आज कुन कृषि उपजको मूल्य कति ? हेर्नुहोस् सबैको मूल्य
काठमाडौँ, ७ मङ्सिर। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार बजारमा कारोबार हुने विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार बजारमा गोलभेडा ठूलो नेपाली तथा भारतीयको मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँ, गोलभेडा सानो लोकलको १५ देखि २५ रुपैयाँ, टनेलको ३५ देखि ६० रुपैयाँ र तराईको ४० देखि ६० रुपैयाँ रहेको छ। आलु रातो लाम्चो तथा गोलोको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ, भारतीय रातो आलुको ३० देखि ३५ रुपैयाँ र सेतो आलुको २८ देखि ३२ रुपैयाँ रहेको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ९२ देखि ९६ रुपैयाँ कायम गरिएको छ।
गाजर लोकलको मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ र तराईको ५० देखि ६० रुपैयाँ रहेको छ। बन्दाको मूल्य २५ देखि ३५ रुपैयाँ, लोकल काक्रोको ७० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रोको ३० देखि ४० रुपैयाँ र लोकलक्रस काक्रोको ७० देखि ८० रुपैयाँ रहेको छ। स्थानीय काउलीको मूल्य प्रतिकिलो ४० देखि ६० रुपैयाँ र तराईको २० देखि ३० रुपैयाँ रहेको छ।
रातो तथा लोकल सेतो मूला र हाइब्रीड सेतो मूलाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ, लाम्चो भन्टाको २० देखि ३० रुपैयाँ र डल्लो भन्टाको ४० देखि ५० रुपैयाँ रहेको छ। तने बोडीको मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ र मकै बोडीको ५० देखि ६० रुपैयाँ रहेको छ। मटरकोशाको मूल्य १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमीको १०० देखि १२० रुपैयाँ, हाइब्रीड घिउ सिमीको ९० देखि १२० रुपैयाँ, राजमा घिउ सिमीको १०० देखि १२० रुपैयाँ र टाटे सिमीको ७० देखि ८० रुपैयाँ रहेको छ।
तितो करेलाको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ, लौकाको ६० देखि ७० रुपैयाँ, लोकल परवरको ७० देखि ९० रुपैयाँ र तराई परवरको ९० देखि १०० रुपैयाँ रहेको छ। चिचिण्डोको मूल्य ३० देखि ४० रुपैयाँ, घिरौलाको ७० देखि ९० रुपैयाँ, झिगूनीको ६० देखि ८० रुपैयाँ, पाकेको फर्सीको ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी र डल्लो हरियो फर्सीको २० देखि ३० रुपैयाँ रहेको छ। भिण्डीको मूल्य ८० देखि ९० रुपैयाँ, सखरखण्डको ५० देखि ६० रुपैयाँ, बरेलाको ३० देखि ४० रुपैयाँ, पिंडालूको ६० देखि ७० रुपैयाँ र स्कूसको १५ देखि २० रुपैयाँ रहेको छ।
सागसब्जीतर्फ रायो साग र तोरीको सागको मूल्य प्रतिकिलो ५० देखि ८० रुपैयाँ, पालुंगो सागको १०० देखि १२० रुपैयाँ, चमसूरको सागको १०० देखि १५० रुपैयाँ, मेथीको सागको १०० देखि १२० रुपैयाँ र प्याज हरियोको १५० देखि २०० रुपैयाँ रहेको छ। बकूलाको मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ र तरुलको ९० देखि १०० रुपैयाँ रहेको छ।
च्याउतर्फ कन्य च्याउको मूल्य प्रतिकिलो २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउको ४५० देखि ५०० रुपैयाँ, राजा च्याउको ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउको ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ब्रोकाउलीको मूल्य प्रतिकिलो १०० देखि १२० रुपैयाँ, चुकुन्दरको ८० देखि ९० रुपैयाँ, सजिवनको २०० देखि २५० रुपैयाँ र रातो बन्दाको १५० देखि १८० रुपैयाँ रहेको छ।
जिरीको सागको मूल्य प्रतिकिलो १०० देखि १५० रुपैयाँ, सेलरीको ४०० देखि ५०० रुपैयाँ, पार्सलेको २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौफको सागको १०० देखि १२० रुपैयाँ, पुदीनाको ६०० देखि ७०० रुपैयाँ र गान्टे मूलाको १०० देखि १२० रुपैयाँ रहेको छ। इमलीको मूल्य प्रतिकिलो १६० देखि १८० रुपैयाँ, तामाको १४० देखि १६० रुपैयाँ, तोफुको १४० देखि १६० रुपैयाँ, गुन्दुकको ३०० देखि ३५० रुपैयाँ र रुख टमाटरको १०० देखि १५० रुपैयाँ रहेको छ।
फलफूलतर्फ फूजी स्याउको मूल्य प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउको २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउको २०० देखि २५० रुपैयाँ रहेको छ। नेपाली तथा मालभोग केराको मूल्य प्रतिदर्जन १०० देखि १५० रुपैयाँ रहेको छ। कागतीको मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँ, अनारको ३५० देखि ४०० रुपैयाँ, नेपाली सुन्तलाको ९० देखि १२० रुपैयाँ र भारतीय सुन्तलाको ९० देखि १०० रुपैयाँ रहेको छ।
हरियो तरबुजाको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ, मौसमको १५० देखि २०० रुपैयाँ, जुनारको १५० देखि २०० रुपैयाँ र भुईँकटहरको प्रतिगोटा १५० देखि २०० रुपैयाँ रहेको छ। निबुवाको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ, चाइनिज नासपातीको २५० देखि ३०० रुपैयाँ, नेपाली मेवाको ५० देखि ६० रुपैयाँ र भारतीय मेवाको ९० देखि १०० रुपैयाँ रहेको छ।
अम्बाको मूल्य प्रतिकिलो २०० देखि २५० रुपैयाँ, लप्सीको ७० देखि ८० रुपैयाँ, स्ट्रबेरी अर्थात् भुईँऐसेलुको ४०० देखि ५०० रुपैयाँ, किवीको २०० देखि ३०० रुपैयाँ, शरीफाको २०० देखि ३०० रुपैयाँ, आभोकाडोको ३० देखि २०० रुपैयाँ र अमलाको ७० देखि ८० रुपैयाँ रहेको छ। काँचो नरिवलको मूल्य प्रतिकिलो ६० देखि ८० रुपैयाँ र हरियो नरिवलको १५० देखि २०० रुपैयाँ रहेको छ। नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ४०० देखि ५०० रुपैयाँ रहेको छ।
अदुवाको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ, सुकेको खुर्सानीको ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानीको १५० देखि १८० रुपैयाँ, बुलेट खुर्सानीको १५० देखि १८० रुपैयाँ, माछे खुर्सानीको १०० देखि १२० रुपैयाँ र अकबरे खुर्सानीको २०० देखि २५० रुपैयाँ रहेको छ। भेडे खुर्सानीको मूल्य ८० देखि १०० रुपैयाँ, हरियो लसुनको १५० देखि २०० रुपैयाँ, हरियो धनियाँको १०० देखि २०० रुपैयाँ, सुकेको चाइनिज लसुनको २३० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुनको २३० देखि २६० रुपैयाँ रहेको छ। सुकेको छ्यापीको मूल्य प्रतिकिलो १८० देखि २०० रुपैयाँ र हरियो छ्यापीको १०० देखि १५० रुपैयाँ रहेको छ।
माछातर्फ सुकेको माछाको मूल्य प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४० देखि ३७० रुपैयाँ, बचुवा माछाको ३०० देखि ३३० रुपैयाँ र छडी माछाको ३२० देखि ३५० रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
