थप तीन जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । रिपोर्ट पोजेटिभ आउनेमा तीनै जना भारतीय नागरिक हुन् ।

हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो ।त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

वीरगन्जको छपकैयास्थित जामे मस्जितमा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?