प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा

स्याङ्जा जिल्ला का ११ ओटै पालिका का प्रमुख तथा बोर्ड सदश्य साथै कार्यकारी ज्यु हरु मा सबिनय निबेदन गर्न चाहन्छु कि आज स्याङ्जा जिल्ला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अंतरगत सुन्तला सुपर जोन घोषणा भैसकेको अबस्थामा छ। स्याङ्जाको मुख्यतः आर्थिक उत्पादन गर्ने बाली मा सुन्तला को बिकल्प पनि छैन। तर किसान लाई अनुदान दिने नाम मा स्रोत को पहिचान नै नगरी/बिरुवा को क्वालिटी नै जाचबुझ नगरी पुर्णतः हचुवा को भर्मा जुन हिजो जिल्ला कृषि मातहत र आज पालिका मार्फत भैरहेको छ त्यो कार्यले भोलीका दिन मा सुन्तला कृषक लाई आत्महत्या गर्ने दिन न ल्याउला भन्न सकिँदैन। स्याङ्जा का धेरै बगैंचा अत्यन्तै नमुनाका पात्र छन तर त्यहाँ बिरुवा थप गर्दा बिचार न पुरायका कारण धेरै बगैंचा मा सिट्रस ग्रीनिङ रोग भित्रीएको आशन्का पैदा भयको छ।
बिगत ३/४ दिन देखि सुन्तला जोन स्याङ्जा ले जिल्ला भरिका धेरै बगैंचा बाट सुन्तला बिज्ञ श्री हरि सुवेदी को सहयोगमा स्याम्पल कलेक्ट गरि ल्याब टेस्ट का लागि पठाउने कार्य गरिरहेको छ।
अत अन्त मा के भन्न चाहन्छु भने सबै पालिका हरु ले सुन्तला जात फलफुल सम्बन्धी आफ्ना कार्यक्रम अगाडि बढाउदा सुन्तला जोन स्याङ्जाको संचालक समिती र सुन्तला जोन कार्वानयन इकाइ का कर्मचारी एबम बिषय बिज्ञ हरु संग सुझाब सल्लाह लियर हातेमालो गर्दै कार्य गर्नुहुन अनुरोध गर्दछु।

किसान लाई सुन्तला का दुई चार आठ दस बिरुवा बाढ्नु भन्दा उपयुक्त क्षेत्र पहिचान गरि हरेक किसान लाई कम्तिमा पनि १०० बोट सुन्तला लगायर ब्याबसायिक बन्न उत्प्रेरित गरौं सम्पुर्ण प्राबिधिक कार्य सुन्तला सुपरजोन संचालक समिती र कार्वानयन इकाइ बाट नि सर्त उपलब्ध गराइने जानाकारी गराउदछु।

जय किसान जय कृषि
सचिब:- मीन प्रसाद कोइराला
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?