निगुरोमा के पाईन्छ ? फाइदा जानिराखौ

निगुरो

वर्षा लागेपछि जंगलमा प्रशस्त पाइन्छ निगुरो । यो उन्यु प्रजातिको घाँस हो । यसलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन ।

बनजंगलमा पाइने निगुरो कतिपयले खोजेरै तरकारीको छाक टार्ने गर्छन्। कतिपयले निगुरो बेचेर पैसाको जोहो पनि गर्छन्। निगुरोलाई रोप्न पर्दैन। बनजंगलमा आफै पलाउँछ।

पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ। तर यसको जातमा केही भिन्नता हुन्छ। साथै स्वाद पनि फरक हुन्छ। तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ। निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ। पहाडमा कालो निगुरो बढी रुचाइन्छ। यसैगरी तराईमा हरियो निगुरो हुन्छ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ। व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधी प्रयोग गरिन्छ। यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसयान वा विषादी मिसाउने गरिन्छ।

यसलाई कसरी खानेः

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ। नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन। कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन्। निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ।

के हो निगुरो ?

यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै, स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोमा के पाईन्छ?

निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ। बालबालिका र गर्भवती महिलालाई त निगुरो अझ बढी लाभदायक छ। किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

करेसाबारीमा रोप्न सकिन्छ

त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ । चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ ।

विषाक्त वनस्पति पनि हुन सक्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?