बजेटको अभावमा सिँचाइ सुविधा अधुरै

sichai

जाजरकोट। सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुँन सकेको छैन ।

जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलव्ध गराएको रु २५ लाख रुपैयाँमा मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो ।

बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो ।

त्रिपुरासुन्दरी–९ चुका रामप्रसाख खत्रीले भने, “ सरकारले सबै वजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस ।”

कार्यालयको रु २५ लाख रुपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भएपनि योजना अझै अधुरो रहेको छ । अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुँन सके यहाँका कृषकलाई राम्रो हुँने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिए।

अझै रु २० लाख भएमा मात्र योजना सम्पन्न हुँने उनले जानकारी दिए । यहाँका अनुसार प्रदेशबाट सिँचाइका लागि आएको अधिकांश योजनाको बजेट अपुग हुँदा योजना सम्पन्न हुन सकेका छैनन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?