आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै

धनगढी, परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउनका लागि आधुनिक कृषि यन्त्रले धेरै सहयोग पुग्ने गरेको उनीहरु बताउँछन् ।

किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् । ‘पावर टिलरले खनजोतको काम गर्न सजिलो हुन्छ’, कैलारी गाउँपालिकास्थित रामपुरका कृषक खुशीराम चौधरीले भन्नुभयो । ‘यसले रोपाइँमा धेरै सहयोग पुगेको छ ।’किसानलाई अहिले रोपाइँको चटारो चलेको छ । उनीहरु खेतीपातीको कार्यमा व्यस्त छन् । खेतमा पावर टिलरको प्रयोग बढ्दो देख्न सकिन्छ ।

खनजोतका लागि पशुचौपाया र परम्परागत हलोको प्रयोग कम । गतविगतमा दुई/तीन हल गोरु, राँगा हुने परिवारमा अचेल चौपाया कम छन् । भने, प्रायः धेरै जसोको घरमा पावर टिलर छ । विगतमा चार हलसम्म गोरु जोतेको स्मरण गर्दै कृषक चौधरीले अगाडि थप्नुभयो–‘अचेल एउटै पावर टिलरले खेतको सबै काम चाँडै सम्पन्न हुने गर्दछ ।’ कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीन तहकै सरकारले पनि कृषिको कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन् । आधुनिक यन्त्र उपकरणको प्रयोगले उत्पादन वृद्धि हुने पनि बताइन्छ ।

परम्परागत हलो र आधुनिक यन्त्र उपकरणले जोतेको जमिनमा धेरै फरक हुने गरेको कृषक रामु चौधरीले बताउनुभयो । ‘अब त पावर टिलर बिना खेतीपातीको काम नै नहोला जस्तो लाग्छ’, उहाँले भन्नुभयो । ‘पशु चौपाया जोतेर खेती गर्न त्यति सजिलो छैन ।’कृषिमा यान्त्रिकीकरणका लागि स्थानीय र प्रदेश सरकारले किसानलाई अनुदानमा कृषि यन्त्र उपकरण पनि उपलब्ध गराउँदै आएका छन् । कृषि कार्यमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

जोताइ, कटाइ र थ्रेसिङमा लगभग ९५ प्रतिशत यन्त्र उपकरणको प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामचन्द्र भट्टले बताउनुभयो । ‘ग्रेडिङका लागि भने अझै धेरै पछाडि रहेको देखिन्छ’, उहाँले भन्नुभयो । ‘हैनभने, जोत्ने, काट्ने कार्यमा यन्त्र उपकरणको प्रयोग बढेको छ ।’

थ्रेसिङको कार्यझन सतप्रतिशत नजिक रहेको भट्टको भनाइ छ । ‘केही मान्छेले हातले चुट्नेबाहेक बाँकी सबैले थ्रेसिङमा यन्त्र उकरण नै प्रयोग गर्छन्’, उहाँले भन्नुभयो ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?