११ महिनामा ३१ अर्बको चामल आयात

चामल

काठमाडाैं, १५ असार । सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।

यो वर्ष सात लाख १५ हजार क्विन्टल चामल आयात भएको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जेठसम्म ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँको चामल आयात भएको छ। सरकारले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ, उपकरण र अनुदान व्यवस्था गरेर उत्पादन बढाउने बताउँदै आए पनि परिणाम देखिएको छैन। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?