जडिबुटी निर्यात सहजिकरण गर्न व्यवसायीहरुले माग

जडिबुटी पकेट क्षेत्र घोषणा

जडिबुटी निर्यात सहजिकरण गर्न व्यवसायीहरुले माग गरेका छन् । लामो समयसम्म स्वदेशमा नै थन्किएको जडिबुटी निर्यात नहुँदा जडिबुटीबाट हुने मुनाफा कम भएको भन्दै सहजिकरण गर्न व्यवसायीहरुले माग गरेका हुन् ।

विदेश निर्यात हुुनुपर्ने ७० करोड रुपैयाँ बराबरको सुगन्धित तेललगायत अन्य जडिबुटीहरु स्वदेशमा नै थन्किएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय बिमान सुचारु नभएपछि तेस्रो मुलुक निर्यात गर्न तयारी अवस्थामा रहेको सुगन्धित तेल स्वदेशमा नै थन्किएको हो ।
जडिबुटी व्यवासायीहरु सुगन्धित तेललगायत अन्य जडिबुटी निर्यात नहुँदा चिन्तित देखिन्छन् । कोरोना भाइरसको प्रभावका कारण जडिबुटी व्यवसाय पनि ठप्प छ । पछिल्लो समय, फ्रान्स, जर्मनलगायतका तेस्रो मुलुकमा नेपालको सुगन्धित तेलको बजार बिस्तार हुन थालेको थियो । तर, लकडाउनसँगै सुगन्धित तेल जडिबुटी व्यवासायीकै गोदाममा थन्किएर बसेको छ ।

नेपाल जडिबुटी उत्पादक संघको अध्यक्ष गोविन्द घिमिरेले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन नसक्दा निर्यात ठप्प भएको भन्दै सहजीकरण गर्न माग गरेका छन् । “प्लेन चार्टर गरेर निर्यात गर्दा पनि महंगो पर्छ, अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपनि निर्यात गर्न सक्ने थियौ” उनले थपे, “निर्यात हुन नसकेका जडिबुटी स्वदेशमा नै थन्किएका छन्, सरकारले सहजिकरण गर्दिए राम्रो हुन्थ्यो ।”

भदौ १ गतेबाट नै अन्तर्राष्ट्रिय उडान गर्ने भनिए पनि उपत्यकालगायत विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढेसँगै फेरि रद्द गरिएको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएको भए तेस्रो मुलुक पठाइसकिने व्यवसायीको भनाई छ । अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म निर्यात सम्भव नभएको उनीहरुको भनाई छ । “हामीसँग तेस्रो मुलुक युरोप अमेरिका जानुपर्ने करिब ७० करोड मूल्य बराबरको सुगन्धित तेल स्वदेशमा नै छ,” उनले भने । उनका अनुसार प्रतिकेजी सुगन्धित तेलको बजार मूल्य ५ हजार रुपैयाँसम्म पर्छ । सुगन्धित तेल प्राय तराइका जिल्लाहरुमा बढी उत्पादन हुन्छ । ३ सय २० प्रजातिका जडिबुटी व्यापारमा आएको संघले बताएको छ । – कारोबार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?