रसायनिक मल हिउँदे बाली लगाउने बेलामा मात्र आइपुग्ने

किसान मोर्चा

नवराज चालिसे,
काठमाडौं।

नेपालमा हरेक बर्ष कृषकहरुले रसायनिक मलको अभाव झेलिरहेका छन् । यो बर्ष कोरोना भाइरस र लकडाउनको समस्या भोगिरहेका कृषकहरुले रसायनिक मलको चर्को समस्या भोगेका छन् ।

कृषकहरुले धान रोपाई गर्दा नपाएको रसायनिक मल यो बर्ष हिउँदेबाली लगाउने बेलामा मात्र पाउने भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले टेण्डर प्रकृया समयमै गर्न नसक्दा कृषकहरुले मलको समस्या भोगेका हुन् ।

यो बर्ष पनि धान रोपाई गर्ने बेलामा प्रयोग गर्ने रसायनिक मल हिउँदे बाली लगाउने बेलामा मात्र आइपुग्ने कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनीले भदौ २० गतेसम्म सैलुङ र होनिको ठेकेदार कम्पनीलाई मल आयात गर्ने समय दिए पनि निर्धारित समयमा मल आउने सभावना नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासंग टेलिफोनमा कुराकानी गरेर नेपाललाई २० हजार मेट्रिक टन मल सापटी स्वरुप उलपब्ध गराउन अनुरोध गरेका छन ।

बंगलादेश सरकारले नेपाललाई रसायनिक मल दिन सहमत भए पनि बगलादेशको मल आउन समेत केही समय लाग्ने भएको छ । मलको ठेक्का प्रकृयामै कमिशनको खेल भएको हुदाँ यो बर्ष ठेक्का प्रकृया नै पारदर्शी नभएको गुनासो छ ।

मल समयमै ल्याउन नसक्ने कम्पनीहरुलाई कानूनी कारवाही तत्काल थालिने कृषि सामाग्री केन्द्रले जनाएको छ । मल अभाव चर्को रुपमा बढेपछि कृषि सामग्री केन्द्र लिमिटेडले मल खरिद प्रकृयाको लागि सैलुङ इन्टरप्राइजेज र होनिको इण्टर प्राइजेज दुई कम्पनीले मल खरिद गर्ने ठेक्का दिएको थियो ।

समयमै मल खरिद गर्न नसक्ने देखिएपछि कृषि मन्त्रालयले मलको खरिद प्रकृयामा सम्लग्न कम्पनीहरुलाई कानूनी प्रकृयामा ल्यउने कसरत गरेको छ ।

मल अभावको भन्दै कृषक चौतर्फी बिरोधमा उत्रिएपछि कृषि मन्त्री धनश्याम भुषालले मल खरिद प्रकृयामा भएको ढिलासुस्ती र अनियमिततामा सम्लग्नलाई कारवाही गर्न निर्देशन दिएका हुन् ।

कृषि मन्त्री भुषाल पनि मल अभाव चर्को रुपमा बढेपछि आलोचनाबाट मुक्त भएनन् । हरेक बर्ष नेपालमा बार्षिक रुपमा ८ लाख मेट्रिक टन मलको आवश्यकता पर्छ तर सरकारले आवश्यकता अनुरुप मल आयात गर्न नसक्दा कृषकहरु सघै मल अभावको समस्याबाट पिरोलिएका छन् ।

मल खरिद प्रकृयामा हुने भष्टाचार र कमिशन नरोकिएसम्म मलको खरीद समयमै नहुने र अभावको समस्या यथावत रहने जानकारहरु बताउँछन् । -न्यूज24

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?