मल आपूर्ति नगर्ने दुई कम्पनीको सम्झौता खारेज, कालो सूचीमा राख्ने तयारी

काठमाडौं, कृषि सामग्री कम्पनी लिमिटेडले रसायनिक मल समयमा आपूर्ति नगर्ने दुई कम्पनी माथि कारवाही गरेको छ । यसअघि सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइराला होनिको मल्टिपल प्रालीसँग भएको गत अप्रिलमा भएको सम्झौता खारेज गरेको हो ।

यी दुई कम्पनीले यही भदौ २० गते भित्र ५० हजार टन मल आपूर्ति गरी सक्नुपर्नेमा सो नगरेकाले निजहरुको बैंक ग्यारेन्टी रोक्का तथा कालो सूचीमा राख्नेलगायतका कारवाही बढाएको कृषिमन्त्री घनश्याम भुषालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । यस वर्ष किसानले समयमा मल नपाएर मलका घण्टौंसम्म लाइनमा बस्नु परेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?