बाख्राका प्रजातिहरू : के उत्पादनको लागि बाख्रा पाल्ने हेरौ !

बाख्राका प्रजातिहरू

यहाँ दुनियाभर उपलब्ध विभिन्न बाख्राका प्रजातिहरू छन् । ती सबै बाख्राका प्रजातिहरू केहि मासु उत्पादनको लागि उपयुक्त छन्, केहि बाख्रा दुधको लागि लोकप्रिय हुन्छन् भने केहि छाला उन /फाइबर उत्पादनको लागि उपयुक्त छन् ।

संसारमा उपलब्ध ३०० भन्दा बढि प्रजातिहरू बाख्राहरु रहेको विभिन्न अनुसन्धान हरुले जनाएका छन् । यी बाख्राहरुमा आ-आफ्नै विशेषताहरू छन् ।
व्यावसायिक रुपमा बाख्रापालनको लागी उत्पादन अनुसार विभिन्न समूहमा वर्गीकृत गरिन्छ:

दुध उत्पादन :
दुध उत्पादनको लागि प्रसिद्ध बाख्राहरु
स्यानेन, टोगेनबर्ग, बारबारारी, जमुनापारी आदि अत्यधिक दूध उत्पादकको लागि पालिने गरिन्छ।
साथै यसको मासु पनि बजारमा राम्रो माग रहेको छ ।

मासु उत्पादन :
मासु उत्पादनको लागि प्रसिद्ध बाख्राहरु
बोयर, मटो, ब्लैक-बंगाल आदि मासु उत्पादन को लागि पालिने गरिन्छ ।
यी बाख्राहरुमा अत्यधिक बढ्न सक्ने क्षमता हुन्छ ।

पाठापाठी उत्पादन:
पाठापाठी उत्पादनको लागि प्रसिद्ध बाख्राहरु
ब्लैक-बंगाल, काटाङ आदि धेरै बच्चा उत्पादनको लागि पालिने गरिन्छ । यी बख्राहरुले १ वेतमा २-३ ओटा बच्चा जन्माउने गर्दछ ।

छाला उत्पादन :
छाला उत्पादनको लागि प्रसिद्ध बाख्राहरु
ब्लैक-बंगाल, मादी जातको बाख्राहरुको छाला विश्वमा धेरै लोकप्रिय र अन्तर्राष्ट्रिय बजारमा मूल्यवान छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments