अण्डा खानुका फाइदै फाइदा

अन्डा प्रोटिनको उच्च स्रोत हो। अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ। अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ। अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ। अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन्।

बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन् । यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ ।

अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ। अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ। अन्डाले कस्ता-कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ।

अण्डा खानुको फाइदाहरु यस्ता छन् –

रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन:
उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।


छाला र कपालको स्वास्थ्यका लागि :

स्वस्थ छाला, कपाल र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो।यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ।


मोटोपन घटाउन सहयोग गर्छ:

अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ ।


चेतना बढाउन:

अण्डालाई ‘ब्रेन फुड’ पनि भनिन्छ ।यसमा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ । कोलिन सेल मेम्ब्रेनको आवश्यक तत्व हो । शरीरमा कोलिन तत्वको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरुले देखाएका छन् । अमेरिकामा गरिएको एक अध्ययनअनुसार ९० प्रतिशत अमेरिकीले आवश्यकभन्दा कम मात्रामा कोलिन तत्व भएका खाद्यपदार्थ लिने गर्छन् ।

आँखाको सुरक्षा:
अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ ।

उच्च गुणस्तरीय प्रोटिन
अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ । अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ ।

विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ ।

एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments