व्यावसायिक कागतीखेतीमा किसान : – नर्सरी हेर्न आउनेको घुइँचो

कागती खेती

काठमाडौँ,: जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो ।

कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु भएको छ । केही वर्ष अघिसम्म अध्यापन पेशामा आवद्ध देउवा पछिल्लो समय पढाउन छोडेर व्यावसायिक कृषि पेशामा सक्रिय हुनुहुन्छ ।

कागती भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । त्यसलाई रोक्नका लागि आपूmले व्यावसायिक कागतीखेती शुरु गरेको देउवा बताउनुहुन्छ । कागती फलेपछि अहिले उहाँको नर्सरीमा हेर्न आउनेको घुइँचो नै लाग्छ । कागतीखेती गर्न राम्रो सम्भावना भएको ठाउँ भएकाले अहिले यहाँका अधिकांश किसान व्यावसायिकरुपमा कागतीखेती गर्न थालेका छन् । देउवाले गन्याप कृषि उत्पादन तथा बिक्री केन्द्र फार्म स्थापना गरी कृषि पेशा थाल्नु भएको हो ।

अहिले उहाँले व्यावसायिक तरकारीखेती, गाई तथा भैँसीपालनसमेत गर्दै आउनुभएको छ । जोरायल गाउँपालिकामा कागतीखेतीको राम्रो सम्भावना भएकाले कागतीको बिरुवा अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । “हामीले उक्त पेशालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

यहाँका जोरायल, गड्सेरा, निरौली, केआई सिंह, शिखर नगरपालिकालगायत ठाउँमा कागतीखेतीको पर्याप्त सम्भावना भएको कृषि प्राविधिक मदन खड्काले बताउनुभयो । चिसो तथा भिरालो ठाउँमा कागतीखेती गर्न सकिन्छ । बजारमा कागतीको चुकको मूल्य प्रतिलिटर रु दुई सयदेखी रु पाँच सयसम्म पर्छ ।

www.news24nepal.tv

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments