तरकारीको बिउबाट सवा दुई करोड आम्दानी

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

रुकुम, चैत १४ – तरकारीको बिउ उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको जिल्लामा क्रियाशील एक सहकारी संस्थाले तरकारीको उन्नत बिउ बिक्री गरेर सवा दुई करोडभन्दा बढी आम्दानी गरेको छ ।

समशितोष्ण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्था चौरजहारी नगरपालिका – १० ले तीन वर्षमा तरकारीको उन्नत बिउ मात्रै विक्री गरेर दुई करोड २१ लाख ८० हजार रुपैयाँको कारोबार गरेको हो । सहकारीमा आवद्ध किसानहरुले गरेको बिउ उत्पादन र त्यसबाट भएको विक्रीको जोड्दा दुई करोड २१ लाख ८० हजार रुपैयाँ भएको सहकारीका अध्यक्ष गोपाल विएमले बताउनुभयो । औपचारिक विउ विजनको कारोबारमार्फत उन्नत बिउ विक्री गर्दा सहज भएको सहकारीले जनाएको छ ।

उक्त सहकारीले २०७१ सालको पुस महिना यता अहिलेसम्म ७५ मेट्रिक टन तरकारीको उन्नत बिउउत्पादन गरेर बिक्री वितरण गरेको हो । अध्यक्ष बिएमका अनुसार, सहकारीमा आवद्ध किसानहरुले तीन वर्षको अवधिमा सबैभन्दा बढी मुलाको बिउ बिक्रीगरेका छन् । ५१ मेट्रिक्टन मुलाको बिउ बिक्रीबाट ९६ लाख ९० हजार, ९ मेट्रिकटन केराउबाट ९ लाख ९० हजार, ७ मेट्रिकटन प्याजको बिउबाट ८४ लाख, ५ मेट्रिक टन रायोको विउबाट २५ लाख र ३ मेट्रिक टन काउलिको बिउ बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

सहकारीकी अध्यक्ष बिएमले २०७१ सालदेखि बिउ बिक्रीले औपचारीकता पाएसँगै आफूहरु पनि व्यवसायिक बन्दै गएको बताउनु भयो । किसानका लागि उन्नत बिउ विजन कार्यक्रम, कृषि उद्यम केन्द्र जिल्ला लगानीद्धार कार्यालयले बिउ बिक्रीका लागि सहजिकरण गरिदएपछि बिउ बजारीकरण गर्न सजिलो भएको उहाँले जनाउनु भयो । बिउ उत्पादन गरेर पनि विक्रीको लागि समस्या भैरहेको बेलामा बिउ कम्पनीसँग सम्झौता गर्ने वातावरण कृषि उद्यम केन्द्रले बनाइदिएपछि उत्पादित तरकारीको बिउ सजिलै विक्री हुने गरेको सहकारी सञ्चालक समितिका सदस्य पर्शुराम शर्माले बताउनु भयो ।

चौरजहारी नगरपालिकाका १०, ११ र १३ नम्बर वडाका २ सय ५८ घरधुरी किसान आवद्ध भएर उनीहरुले एक हजार नौ सय ७५ रोपनी क्षेत्रफलमा तरकारीको उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments