कृषि र पर्यटन प्रदेश सरकार को प्राथमिकता

प्रदेश सरकारले आर्थिक बर्ष २०७५/७६ का लागि सात वटै प्रदेश मा बजेट सार्वजनिक गर्दै

सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन्।

असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो।

केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गरेको थियो। १३ खर्ब, १५ अर्ब, १६ करोड, १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेशका लागि न्यूनतम १३ अर्बदेखि बढीमा १९ अर्ब रुपैयाँसम्म विनियोजन गरेको थियो। संघले छुट्याएको बजेका साथै आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेका हुन्।

प्रदेश नं. १ ले करिब ३५ अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको छ। यस्तै प्रदेश नं. २ ले करिब ३० अर्ब, प्रदेश नं. ३ ले करिब ४० अर्ब, प्रदेश नं. ४ ले करिब ३० अर्ब, प्रदेश नं. ५ ले करिब ३० अर्ब, प्रदेश नं. ६ ले करिब २२ अर्ब र प्रदेश नं. ७ ले करिब २६ अर्बको बजेट ल्याउने तयारी गरेका छन्।

बजेटमा सवै प्रदेशको प्राथमिकता कृषि र पर्यटन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments