अब जथाभाबी सटर खोलि ब्यापार गर्न नपाइने

घर त्यसमा २/४ ओटा सटर बनाएर भाडा या आफै पसल खोल्ने सोच मा हुनुहुन्छ भने सोच्ने बेला आएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने तयारी गरिरेको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रापाणी खनालले अब सरकारले अव्यवस्थित सहरीकरण रोक्ने बताए ।

उनका अनुसार जथाभाबी ब्यापारिक पसल राखे, उद्योगहरु स्थापना गरे, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिनेछ । ‘घर बनाएपछि भूँइतल्लामा पसल थाप्न सटर राख्ने प्रणाली हटाइनेछ,’ उनले भने ‘व्यापारिक एरिया तोकिनेछ ।’

भूमिलाई वर्गिाकरण गरी चार किसिमको पूर्जा वितरण गरिने :

:कृषि योग्य जमिनलाई हरियो पुर्जा,
:व्यवसायीक आवास क्षेत्रको रातो पूर्जा,
:औद्योगिक क्षेत्रलाई निलो पुर्जा
:अतिरिक्त भूमिलाई पहेलो पुर्जाको व्यवस्था गरिने

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments