तिते करेला खाँदा स्वास्थ्यलाई फाइदै फाइदा

वैज्ञानिक वर्गीकरण अनुसार लहरा फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो । हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरिपूर्ण तरकारी हो ।

करेला खानमा एकदमै तितो हुन्छ यसको दैनिक प्रयोग गर्नु तपाई हाम्रो स्वस्थलाई निकै लाभदायक मानिन्छ । यसलाई पकाएर खाँदा पनि हुने काचो जुस बनाएर साथै यसको पात जरा तथा बियाँ खाँदा पनि स्वास्थ राम्रो गर्दछ ।

क‍रेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन कार्बोहाड्रेट , रेशा र अन्य खनिज पदार्थ पाइन्छ।

१०० ग्राम तीते करेलामा भिटामिन ‘ए’ २१० मिलिग्राम, भिटामिन ‘बी’ ०.०७ मिलिग्राम रहेको हुन्छ।

हेरौ यसका गुणहरु :

दैनिक खाने गरेमा कब्जियत,अरूचि हटाउने एवं पाचन र मल निष्कासनलाई नियमित गर्दछ।

५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।

दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ।

हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह नियन्त्रणमा सहयोग गर्दछ ।

उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ ।

पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।

मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

करेलाको पातपिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ साथै पोलेको ठाउमा लगाउदा सन्चो महसुस हुन्छ ।

करेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ।

करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै जन्डिस / कमलपित्त रोग निको हुन्छ ।

करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस्, यसले कपालमा प्राकृतिक चमक आउछ ।

सजग रहौ :

कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गरेको देखिन्छ ।
करेलाको अधिक सेवनले पेट दुख्ने र झाडापखाला लाग्न सक्छ ।गर्भवती महिलाले पनि धेरै मात्रामा करेलाको सेवन गर्नुहुँदैंन । यसले ‘हाइपोग्लेसिमिया कोमा’ को अवस्था सिर्जना गर्छ । यो यस्तो अवस्था हो, जसले रगतमा चिनीको मात्रा निकै कम गराउँछ र त्यसले ब्रेनमा असर गर्न सक्छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments