अब मोहियानी हक नलाग्ने

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् ।

मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश गर्न आग्रह गरेको छ । २०७६ भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदनको छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो ।

मन्त्रालयले बैशाख २३ गते सार्वजनिक गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र २०७५ मा एक बर्षभित्र मोहि सम्बन्धी समस्या पूर्णतः समाधान गर्ने उल्लेख थियो ।सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान ईकाई गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?