धान उत्पादन वृद्धि कछुवा गतिमा

धान नेपालको प्रमुख खाद्यान्न बाली हो धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । २०६४ देखि २०७४ सम्म अर्थात् १० वर्षमा धानको उत्पादन दर र जमिनको उपभोगको तथ्याङ्क हेर्दा उत्पादन दर भने कछुवाको गतिमा देखिएको छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरूपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।

वि.सं. २०६४ मा १४ लाख ३९ हजार ५२५ हेक्टर जमीनमा खेती हुँदा ३६ लाख ८० हजार ८३८ मेट्रिकटन, २०६५ मा १५ लाख ४९ हजार २६२ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार २४६ मेट्रिक टन, २०६६ सालमा १५ लाख ५५ हजार ९४० हेक्टरमा खेती हुँदा ४५ लाख २३ हजार ६९३ मेट्रिक टन, २०६७ मा १४ लाख ८१ हजार २८९ हेक्टरमा खेती गर्दा ४० लाख २३ हजार ८२३ मेट्रिक टन, २०६८ मा १४ लाख ९६ हजार ४७६ हेक्टरमा खेती गर्दा ४४ लाख ६० हजार २७८ मेट्रिक टन, २०६९ मा १५ लाख ३१ हजार ४९३ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

त्यसैगरी, २०७० मा १४ लाख २० हजार ५७० हेक्टरमा खेती गर्दा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, २०७१ मा १४ लाख ८६ हजार ९५१ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, ०७२ मा १४ लाख २५ हजार ३४६ हेक्टरमा खेती गर्दा ४७ लाख ८८ हजार ६१२ मेट्रिक टन, २०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन र २०७४ मा १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सन् १९६६ मा पहिलोपटक इरी (धानका विषयमा अनुसन्धान गर्ने अन्र्राष्ट्रिय संस्था) ले आईआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो । त्यही बीउले विश्वभर नै धानको उत्पादकत्व दर वृद्धि गरेको थियो । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?