जडीबुटी कारखाना अस्पष्ट नीतिका कारण बन्द

तानसेन :

जडीबुटी प्रशोधन गरी प्रयोगमा ल्याउने योजनासहित पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द छ। तिनाउँ गाउँपालिका–३ झुम्सामा रहेको जडीबुटी कारखाना सरकारको अस्पष्ट नीतिका कारण बन्द भएको हो।

उद्योग बन्द भएपछि जडीबुटी कारखानामा रहेका विभिन्न प्रशोधन यन्त्र तथा सामान काम नलाग्ने अवस्थामा पुगेका छन्। सहकारीमार्फत सञ्चालन ल्याइएको उद्योग केही वर्षयतादेखि बन्द भएको हो। उद्योगबाट तीतेपाती, काउलो हर्राेबर्राे, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायत जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो। ०५६ सालमा सहकारीमार्फत जिल्लालाई जडीबुटीको क्षेत्रमा नमुना जिल्ला बनाउने अभियानका साथ उद्योग सञ्चालनमा आएको थियो।

‘सुरु सुरुका दिनमा उत्पादन गरियो चिनजानका आधारमा बेचबिखन पनि गरियो तर सहकारीमार्फत सञ्चालन भएकोले उद्योगको ट्रेडमार्क पाउन सकिएन। हामीले उत्पादन गरेको जडीबुटी अर्काे पक्षलाई दिई अर्काको ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यताले सञ्चालक निराश भएर उद्योग बन्द भयो’, सञ्चालक नारायणबहादुर जिसिले भने। अहिले उद्योगबाट कहिलेकाहीँ शिलाजितबाहेक अन्य जडीबुटी प्रशोधन हुन सकेको छैन।

जडीबुटी उद्योगमा करोडौं रुपैयाँ लगानी भए पनि सञ्चालन नहुँदा लगानीकर्ताहरू निराश छन। उद्योगबाट दालचिनी तेजपात, तीतेपाती, हरोबर्राेको तेल उत्पादन गरी बजारसम्म पु¥याइएको थियो। ठूलो मात्रामा उत्पादन हुँदै गएपछि बजार खोज्दै जाँदा प्रशोधित जडीबुटी सरकारबाट वैज्ञानिक परीक्षण नभएको कारण उद्योग बन्द गर्नुपरेको सञ्चालक झपेन्द्रबहादुर जिसीले बताए। उद्याोग सञ्चालनका लागि सहकारी आबद्ध ९० जनाबाट १ करोडभन्दा बढी लगानी भएको थियो।

जडीबुटी उद्योग सञ्चालनका विषयमा प्रदेश ५ सरकारले चासो दिई वैज्ञानिक परीक्षण तथा उपयोगिताबारे जनचेतना जगाउने काममा सहयोग गरे उद्योग पुनः सञ्चालन गर्न सकिने जिविसका पूर्वसभापतिसमेत रहेका सञ्चालक जिसीले बताए।

source: अन्नपुर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments