यो वर्ष स्याउको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान

मुगु– यो वर्ष जिल्लामा स्याउको उत्पादन ५० प्रतिशतले घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार स्याउका स–साना दाना लाग्ने बेला गत जेठको दोस्रो साता र तेस्रो साता परेको असिना पानीले दाना झारेपछि अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउको उत्पादन ५० प्रतिशतले घट्ने प्रारम्भिक अध्ययनले देखाएको हो।

जिल्लाभर ५ वटा स्याउका पकेट क्षेत्र तोकिएको र ति क्षेत्रबाट झण्डै ६० देखि ७० मेट्रिक टन स्याउको उत्पादन हुने अनुमान स्याउको फुल फुल्ने बेला अनुमान गरिएपनि दाना लाग्ने बेला भारी असिना पर्दा सुरुमा गरिएको अनुमानभन्दा उत्पादन निकै कम हुने कृषि प्रसार अधिकृत रामसुरथ पालले बताए।

अघिल्लो वर्ष स्याउको उत्पादन राम्रो हुँदा ५५ मेट्रिक टन निर्यात भएपनि यो वर्ष फल लाग्ने बेला असिना परेकाले स्याउको उत्पादन २५/३० मेट्रिक टनसम्म उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाका ताल्च, वाम, घट्टलेख, चिमाथ र सोरुकोटलाई स्याउको पकेट क्षेत्र मानिएको छ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *