स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘कोसेली घर’

तेह्रथुम — स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले छथर गाउँपालिकाको शुक्रबारे बजारमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । छथर गाउँपालिकाका विभिन्न पेसा व्यवसायमा आबद्ध उद्यमीहरूले आफ्ना उत्पादनलाई बजार प्रवद्र्धन गर्ने कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।

कोसेली घर सञ्चालनका लागि छथर गाउँपालिकाले सहयोग जुटाइदिएको छ । कोसेली घरमा ग्रामीण क्षेत्रका उद्यमीहरूले तयार पारेका ढाका कपडा, सिलाइबुनाइका कपडा, खुकुरी, दुधजन्य पदार्थ, घरेलु कृषि औजार, मिठाई लगायत घरेलु सामग्री बिक्रीका लागि राखिएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

छरिएर रहेका उद्यमीले तयार पारेका सामग्री एकै स्थानबाट बिक्री गर्दा बजार प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले कोसेली घर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । घरमा साना तथा मझौला उद्योगदेखि कृषि उद्यमीले तयार पारेका सामान समेत बिक्रीका लागि राखिएको छ । उत्पादित सामग्री एकै स्थानमा भएपछि बजार प्रवद्र्धनमा समेत सहयोग पुगेको स्थानीय उद्यमीको भनाइ छ ।

छथर गाउँपालिकाभित्रका साना, मझौला तथा कृषि उद्यमीको सहयोगका लागि पञ्चवर्षीय गुरुयोजना नै निर्माण गरी ग्रामीण क्षेत्रमा समेत उद्योग मैत्री नीति निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । कोसेली घर स्थापनापछि ग्रामीण क्षेत्रमा उत्पादन भएका बस्तुलाई बजारसम्म पुर्‍याउन राहत मिलेको स्थानीय व्यवसायी इन्दिरा खड्काले बताइन् ।

कोसेली घर सञ्चालनको जिम्मा स्थानीय व्यवसायी मनकुमारी लिम्बूले पाएकी छन् । कोसेली घर सञ्चालनमा आएपछि उत्पादित बस्तुको मूल्यमा समेत एकरूपता कायम गरिएको छ । यसअघि एकै प्रकृतिका बस्तुको मूल्य स्थानीय बजारमै फरक फरक थियो । गाउँगाउँमा उत्पादन भएका सामग्री संकलन गरी कोसेली घरसम्म ल्याउन वडा स्तरमा अलग्गै उद्यमीहरू छनोट गरिएका छन् । कोसेली घरमा स्थानीयले तयार पारेका अकबरे खुर्सानीको अचार, अचार, अदुवा तथा अन्य फलफूलको जुुस, बाँसको मुडा, दालमोठ, भुजा, मह लगातयका बस्तु बिक्रीका लागि राखिएको छ ।

स्रोत :कान्तिपुर
चन्द्र कार्की

सम्बन्धित खबर
अलैंची उत्पादनसँगै निर्यात बढ्दो क्रममा
Elaichai

प्रमुख नगदेबालीको रूपमा अलैंचीको निर्यात पछिल्लो समय बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले निर्यातमा पनि ...

किसानले २७० मा बेच्ने कुखुराको मासु उपभोक्ताले ४४५ मा किन्ने : मोटाउने बिचौलिया
कुखुरा र माछाको तस्करी

मुलुकमा सबैभन्दा बढी खपत हुने कुखुराको मासुको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । काठमाडौं उपत्यकाका लागि कुखुरा व्यवसायी संघले प्रतिकिलो ...

विदेशबाट फर्किएका पाँच युवाले सुरु गरे दुई करोड लगानीमा बाख्रापालन

हरिकृष्ण गौतम म्याग्दी । बेनी नगरपालिका–४, सिङ्गा डाँडाखेतका पाँच युवाले विदेशबाट फर्किएर ब्यवसायीक बाख्रापालन सुरु गरेका छन्। धन कमाउनका लागि ...

केही वर्ष अघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली

शान्ता कमली लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुष्मेमा केही वर्ष अघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएका छन् । ...

‘बहुगुणी–२’ धानमा बाला लागेन, सरकारबाटै ठगिएको किसानको गुनासो

भानुभक्त आचार्य धनगढी । कैलाली गौरिगंगा नगरपालिका-९ का किसान घनश्याम पौडेलले यसअघि कृषि प्राविधिककै सल्लाहमा गरिमा जातको धानको बिउ लगाएका ...

मल नपाउँदा उत्पादन घट्ने चिन्ता
रासायनिक मल

कर्णाली: कर्णालीमा गत असारदेखि नै रासायनिक मल (युरिया) अभाव भएपछि वीरेन्द्रनगर नगरपालिका–११ का किसान कलवीर चौधरीलाई उत्पादन घट्ने चिन्ताले सताएको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *