उचित मूल्य नपाएपछि किसानको आन्दोलन

काठमाडौं – आफूले उत्पादन गरेको वस्तुको मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका छन् । किसानले तरकारीको उचित मूल्य पाउनु पर्ने माग गर्दै काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाका किसानले उचित मूल्य पाउनु पर्ने भन्दै २ सय भन्दा धेरै किसान विरोधमा छन् । कामिाटी बजार काठमाडौं मुख्य बजार रहेकाले कालिमाटीमा प्रर्दशन गरेको कृषि उपज उचित मूल्यमा लागि दबाबमुलक समितिका संयोजक टिका सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार किसानले उत्पादन गरेको तरकारीको लागत पनि उठेको छैन । किसानले एक किलो गोलभेडा उत्पादन गर्दा औसतमा ३० देखि ३५ रुपैयाँ पर्न जान्छ । तर विक्रि गर्दा १० देखि १५ रुपैयाँ मात्रै पाउने गरेको उहाँले बताउनुभयो । सरकारले आयातित तरकारीलाई प्राथमिकता दिँदा स्वदेशी उत्पादनले बजार नपाएको किसानले गुनासो गरेका छन् । भारतबाट सस्तोमा पाउने भन्दै अहिले धेरै व्यापारीले नेपाली उत्पादन किन्न छोडेका छन् ।

यसले गर्दा नेपाली किसानले उत्पादन गरेको गोलभेडा लगायतका तरकारी खेतबारीमै कुहिने अवस्थामा पुगेको छ । भारतबाट विषादी हालेको तरकारी पनि आयात गर्ने तर स्वदेशमै उत्पादित तरकराले बजार नपाउँदा पनि चासो नदिने भन्दै किसानले सरकारको आलोचना पनि गरेका छन् । उनीह्रुले नेपाली तरकारी निर्यात भारतले रोक्दा पनि सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments