औषधीय गुण भएको तुलसी खेती गर्ने तरिका जानिराखौ

रासस

तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ ।

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति) को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ।

अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ । यसपछि यी वनस्पतिबाट लगातार आम्दानी हुुन्छ । यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने ५०/६० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ ।

लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् ।

तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ ।

यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ ।

एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ ।

तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन ।

रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।

आम्दानी

तुलसीको खेतीबाट दुुई प्रकारका उत्पादन गर्न सकिन्छ । पहिलो बिउ र दोश्रो पात ।

यसको बिज उत्पादन गरेर समेत बिक्री गर्न सकिन्छ भने पातबाट तेल निकालेर राम्रो कमाई गर्न सकिन्छ ।

एक हेक्टर क्षेत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ ।

राम्रो बाली छ भने एक हेक्टर क्षेत्रफलबाट १७० देखि २ सय किलोग्रामसम्म पातबाट तेल निकाल्न सकिन्छ ।

तुलसीको बिउ प्रतिकिलो ४ सय रुपैयाँसम्म बिक्री हुन्छ । यस्तै, तेलको मूल्य अहिलेको समयमा प्रति किलोग्राम १३ सयसम्म रहेको छ ।

यदि थोरै मात्र आम्दानी भयो भने पनि एक हेक्टरबाट ३ महिनामै ४ देखि ६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments