व्यावसायिक च्याउ खेती

च्याउखेती शुरू

च्याउ सामान्य रुपमा हेर्दा छाता जस्तो देखिने कुहिएको पराल काठमा एक प्रकारको ढुसीबाट उम्रने स्वादिष्ट पौष्टिक खाद्य पदार्थ हो। साधारणतया च्याउ भनेपछि जङ्गलमा पाईने च्याउलाई सम्झिइन्छ तर कतिपय च्याउहरुको कृत्रिम तरीकाबाट घरमै खेती गर्न सकिन्छ र हाल आएर व्यावसायिक खेती भैरहेको अवस्था छ।
ब्याबसायिक रुपमा लगाइने र राम्रो आय आर्जन गर्न सकिने निम्न च्याउका जात हरु छन् :
# गोब्रे च्याउ
# कन्ये च्याउ
# सिताके च्याउ
# रातो च्याउ
# दुधे च्याउ

# गोब्रे च्याउ

गोब्रेच्याउ चिसो हावापानीमा फष्टाउने खालको च्याउ तापक्रम, सापेक्षिक आर्द्रता र चिस्यान उचित मात्रामा कायम गरी बाह्रै महिना उत्पादन गर्न सकिन्छ तर खुल्ला वातावरणमा भने सिमित समयमा मात्र खेती गर्न सकिन्छ।

यसको बीउ रोपेपछि तीन हप्तासम्म कोठाको तापक्रम २२-२५ डिग्री सेन्टिग्रेड र आद्रता ८०-८५ प्रतिशत राख्ने अनि १५-१८ डिग्री सेल्सियस र सापेछिक आद्रता ८०-९० हुने गरि मिलाउनु पर्दछ । यस्तो तापक्रममा ढुसीजालो राम्रोसँग फैलिन्छ। कम तापक्रममा ढुसी फैलिन सक्तैन। बढी तापक्रम भएमा अरु नै ढुसी वा अन्य रोगका जीवाणुहरु उम्रेर बीउ वा च्याउ नै नष्ट गरिदिन्छ।

सिमेन्ट प्लास्टर गरेको ठाउँमा वा भूईंमा नै मलको ब्याड बनाएर यसको खेती गर्न सकिन्छ। कम ठाउँ भएको कोठामा एउटा बाकस अर्कोमा खप्टयाएर पनि यसको खेती गर्न सकिन्छ। साधारणतया बाकसको साईज १.५ मिटर X १.० मिटर X २० से.मि. बनाउनु पर्दछ र मुन्तिरको काठ करीब ३ से.मि. को फरकमा ठोकी हावा पस्ने हुनु पर्दछ र तल चारै कुनामा चारवटा खुट्टा राख्नु पर्दछ। यसको खेती र्‍याक बनाएर पनि गर्न सकिन्छ।
च्याउ उत्पादन गर्ने कोठामा बाहिरबाट राम्ररी ताजा हावा भित्र पस्ने र भित्रको हावा बाहिर निस्कने साथै घामको प्रकाश सोझै नपर्ने गरी व्यवस्था मिलाउनु पर्दछ।

गोब्रे च्याउ खेती गर्न कम्पोष्ट मलको तयारी

मल बनाउन चाहिने जति पराल १ फिट लामो हुने गरि टुक्र्याउने
सफा पानीमा ८/१० घण्टा डुबाएर राख्ने

पहिलो दिन परालको थुप्रोलाई एउटा काठको फ्रेम (५ फिट X ५ फिट X १० ईन्च) भित्र तह-तह पारी राख्दै हलुका सँग गोडाले कुल्चिएर मिलाउनु पर्दछ। प्रत्येक ३-४ तह पछि पहिले मिसाएको एमोनियमसल्फेटर यूरियाको मात्रा १/२ के.जी. छर्नु पर्दछ। पराल राम्रोसँग भिजेको रहेनछ भने झारी वा हातले अलि अलि पानी छम्कनु पर्दछ।

मल पल्टाउने दिन
पहिलो पल्टाई ५ दिनमा ,दोश्रो १० दिनमा , तेश्रो १३औ दिनमा ,चौथो १६ औ दिनमा ,पाचौ पल्टाई १९ दिनमा करीब तेश्रो हप्तामा छैठौंपटकको पल्र्टाईपूरा गर्नु पर्दछ। यस पल्टाईको साथमा रोगनाशक विषादि डाइथेन एम-४५, २-३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। सातौ पल्टाई २५ औ दिनमा र आठौ पल्टाई २८ औ दिनमा गर्ने
साधारणतया गर्मीको समयमा २८-३०दिनमामल पाकेर तयार भईसक्छ तर जाडोको मौसममा ४०-४५ दिन लाग्न सक्तछ। पाकेको मल हल्का खैरो कालो रङ्गको हुन्छ र परालको त्यान्द्रा पनि सजिलैसँग चुडिन्छ। मललाई मुट्ठी पार्दा हत्केला भिजेको हुन्छ र मल डल्लो परेको अवस्था हुनु पर्दछ।

गोब्रे च्याउखेतीको लागि ब्याड तयारी
मल तयार भएपछि च्याउखेती गरिनेकोठामा ब्याड बनाउनु पर्दछ। ब्याडको लम्बाई कोठाको साईज अनुसार तथा चौर्डाई३-४फिट र उचाई ६-८ इन्चसम्मको बनाउनु पर्दछ। ब्याडहरुको बीचमा १-१ फिटको बाटो राख्नु पर्दछ। भुइँ काठको र्‍याक अथवा बाकसमा पनि मल भरेर खेती गर्न सकिन्छ।

बिउ रोप्नु भन्दा अगाडी कपास वा कपडाको टुक्रालाई मिथाइलेटेड स्प्रिटले भिजाई हात तथा बीउ राखेको भाँडोबाट बीउ झिक्ने सुइरोलाई राम्ररी सफा गर्नु पर्दछ। सुइरोले बीउको बोतलमा चलाई बीउलाई सफा गरेको भाँडोमा खन्याउनु पर्दछ।

ब्याड तयार भएको दुइ दिन पछि च्याउको बिउ छर्ने

तयारभएको ब्याडबाट १-१.५ ईन्च मल हटाएर बीउछरी फेरी सोही मलले छोपी हलुकासँग थिची सम्म बनाउनु पर्दछ। बीउ रोपेपछि ब्याड माथि २ प्रतिशत फर्मालिनले उपचार गरीएको कागजले छोप्नु पर्दछ।

ब्याडमा पानी दिँदा शुरुमा कागज मात्र भिज्ने गरी दिनु पर्दछ।

बीउ रोपेपछि कोठाको तापक्रम २२-२५ डिग्री सेल्सियस र आद्रता ८०-८५ प्रतिशत हुन पर्दछ। रोपेको ९/१० दिन पछि ब्याडमा सेतो ढुसी फैलिँदै गएको देखिन्छ र १५-२० दिनमा मलको सबै भागमा ढुसी फैलिएर जान्छ।

बिउ छरेको २ हप्ता पछि ब्याडको माथिल्लो तह ढाक्नको लागि माटो तयार गर्ने
१०० के.जी. माटोमा २ के.जी चुना र फर्मालिन २५०मि.लि एकै ठाउमा मिसाई थुप्रोलाई माथिवाट प्लाष्टिकलेछोपी ४८ घण्टासम्म उपचार गर्नु पर्दछ। प्लाष्टिक हटाएपछि २-३ दिनको फरकमा २ पटक चलाई फर्मालिनको गन्ध हटाउनु पर्दछ।

ब्याडलाई माटोले छोपेपछि झारी वा स्प्रेयरले माटोको सतहभित्र भिज्ने गरी पानी दिनु पर्दछ। चिस्यानको मात्रा बढी भएमा ढुसी/च्याउ नष्ट हुन सक्तछ। अतः बढी होसियारीका साथ सिंचाई गर्नु पर्दछ।

यसरी माटोले ब्याड छोपी सकेपछि ७-१० दिनसम्म कोठाको तापक्रम २२ -२५ डिग्री सेन्टिग्रेडमा राख्नु पर्दछ ।यस अवधिमा च्याउको ढुसी माटोको सतहसम्म फैलिन थालेको हुन्छ।माटोले छोपेको एघारौं दिनदेखि कोठाको तापक्रम घटाएर १५-१८ डिग्री सेल्सियस आर्द्रता ८०-९० प्रतिशत कायम गरी बाहिरको हावा कोठा भित्र संचालन हुने व्यवस्था मिलाउनु पर्दछ।

च्याउ टिप्ने समय/तरिका
ब्याडलाई माटोले छोपेको १५-२१ दिनसम्ममा च्याउका मसिना सेता कोपिला (डल्ला) हरु उम्रिन थाल्दछन्। यस्ता डल्ला देखिएको एक हप्ता पछि च्याउ टिप्न तयार हुन्छ।
च्याउटिप्न जानु अगाडी साबुन पानीले हात धुनु पर्दछ
च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ।
टिपिसकेपछि हल्का जरा हटाई उपचार गरिएको माटोले पुन पुरेर हल्का पानि हाल्नु ।
टिपिसकेको च्याउलाई ताजा अवस्था मा बिक्रि गरिसक्नु पर्दछ ।

रोग/किरा नियन्त्रण उपाय

यसमा खैरो प्लाष्टर रोग (ब्राउन प्लाष्टर मोल्ड), ट्रफल रोग (वेट बबल डिजिज), हरियो रोग (ग्रीन मोल्ड), सुकेका फोका रोग(ड्राई बबल डिजिज) तथा खैरो ब्याक्टेरिया रोग (ब्राउन ब्लच) जस्ता रोगहरु लागेको पाईन्छ। यो रोग ढुसी बाट फैलन्छ सुरुमा सेतो र पछि खैरो पाउडर जस्तो देखिन्छ ।

रोकथाम :
यो रोग नियन्त्रण को लागि रोगले आक्रमण गरेको ठाउँमा हावाको संवाहन तापक्रम आद्रता तथा सरसफाई गर्ने

झिँगा सुलसुलेको अशर देखियो भने झिँगाकोलागी ०.२ नुभानको घोल र सुलसुले को लागि ०.१ प्रतिशत छर्कने अवस्था हेरी एक पटक दोहोर्याउन सकिन्छ

बिसादी छर्केको ४ दिन टिप्न हुदैन ।

Leave a Reply

Your email address will not be published.