मार्सी चामलको विशेषता हेरौ :

तपार्ई चाँडै चाँडै भोक लाग्ने समस्याबाट पीडित हुनुहुन्छ ? यदी यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन् । संसारकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने कालि मार्सी धानको चामलको भातले तपाईको जस्तो सुकै भोकलाई मार्न सक्छ । यो चामलको भात सेवन गर्दा चाँडै चाँडै लाग्ने भोकको समस्या तत्कालै अन्त्य हुन्छ । कालो मार्सी धान नेपालको एकमात्र जिल्ला जुम्लामा मात्रै फल्दै आएको छ ।

जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् । चिसो मौसम र पानी अत्यधिक चाहिन्छ यो धानलाई जलवायु परिवर्तन र रोगव्याधिका कारण पछिल्लो समयमा यो जातको धानको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।

यी हुन् मार्सीका विशेषता :

: संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ ।

: खैरो चामलमा म्याग्नेसियम र फाइबरको मात्रा बढी हुन्छ यो मधुमेहका बिरामीका लागि समेत निकै फाइदाजनक हुन्छ ।

:मार्सी चामलको रङ खैरो हुन्छ । सेतो चामलको तुलनामा पौष्टिक तत्वको मात्रा अत्यधिक हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

:यो चिसो, प्रदूषणमुक्त ठाउँमा फल्ने अन्न भएकाले पोषिलो हुन्छ । जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

:मार्सी धानलाई ओखल–सुलमा कुटेर चामल बनाउन सकेमा बोक्रामा रहेका तत्वहरू खेर जान पाउँदैन । यस्तो चामलबाट भिटामिन र खनिजको मात्रा बढी प्राप्त हुन्छ ।

:यो प्रांगारिक रूपमै उत्पादन हुन्छ । बिउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउँछन् ।

:यो धानको चामलमा फाइबरको मात्रा बढी हुने भएकाले उच्च रक्तचापका बिरामीलाई समेत फाइदाजनक हुन्छ यसमा आइरन, स्टार्चलगायतका पौष्टिक तत्व पनि हुन्छ ।

जुम्लामै किसानले यो चामल प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । काठमाडौंको केही व्यापारीले सोही चामल प्रतिकिलो दुई सय ५० सम्ममा बिक्री गर्छन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments