क्वाँटीको धार्मिक, सांस्कृतीक र स्वास्थ्य सम्बन्धी महत्व

क्वाँटी नौ प्रकारका गेडागुडिलाई मिसाएर बनाइएको मिश्रण हो। भदौ महिनाको जनै पूणिमाको दिन क्वाती खाने चलन रहेको छ । नेपाली हिन्दु समाजमा जनै पूणिमालाई नौ थरी गेडागेडिको सुप खाएर मनाउने गरिन्छ । हिन्दुधर्मको चलन अनुसार नेपालमा ४०० बर्ष अगाडी बाट क्वाती खाने प्रचलन रहेको बताउछन् संस्कृतीविद्ध विनोद राज शर्मा। ‘क्वाँटीको सुरुवात पित्रीको नाममा श्राद्ध गर्दा फलफुल र नौ थरीका गेडागुडी चढाउने चलन थियो, पित्री प्रशाद स्वरुप क्वातीको झोलको प्रयोग गर्ने चलन चढेको हो’ उनले भने । सुरुवातमा पित्री प्रसादको रुपमा क्वाँटी खाने प्रचलन सुरु भएको उनी बताउछन् । पहिले काठ्मान्डुलाई नेपाल भन्ने चलन थियो, नेपालकाले मात्र क्वाती पिउछन् भन्ने मान्यता रहेपनि गलत रहेको उनी बताउछन् । उनी भन्छन्,‘क्वातीलाई जनै पूणिमाको समयमा खाने गरिन्छ, चेलीबेटिलाई बोलाएर पनि ख्वाउने संस्कार छ ।’ नौ थरीका गेडागुडिको भोलिलो झोललाई झांनेर पिउदा स्वाश्स्थ्यको हिसाबले राम्रो गर्ने उनी बताउछन्।

मास, मुङ्, केराउ, भटमास, ठुलो चना, मस्याङ्, सिमी, टाटे सिमी, बोडी गरी नौ थरी गेडागुडीको स्वादिलो झोलीलो पदार्थ हो क्वाती । नेवारी भाषाबाट बनेको क्वाँ शब्दको अर्थ हुन्छ थरी थरीका गेडागुडी टी शब्दको अर्थ हुन्छ रस वा झोल । पाटनकी अरुण मालाकार यसपालीको जनै पुर्णिमाको दिन क्वातीमा मासु राखेर बनाउने योजनामा छिन् । बर्षमा एकपटक खाइने क्वाँटीमा मासु मिसाएर पकाउदा स्वादिलो स्वाद आउने उनी बताउछिन् । ‘घरमा हरेक बर्ष चेलीबेटिलाई खान बोलाउनछौ, मासुको परिकार सबैलाई मन पर्ने भएर क्वाँटीमा नी मासु राखेर तयार गर्छौ ’ उनले भनीन् । नेवारी संस्कारमा गेडागुडिको प्रयोग धेरै गरिने उनी बताउछिन् । उनी भन्छिन्,‘अचार, तरकारी, फ्राई लगायत हरेका खानाको परिकारमा गेडागुडि बढी प्रयोग गर्छौ ।’ जनै पुर्णिमाको समयमा पुजापाठ गरेर परिवार संग क्वातीको झोल पिएर मनाउने उनी बताउछिन् । ‘मेरो माइती नजिकै छ, माइत पनि जान्छु दिँउसो, सगुन लिएर जादा क्वाती पनी लैजाने चलन हुन्छ।’

जनै पूर्णीमाको दिन क्वातीको झोल पिउने भएर नै जनै पूर्णिमालाइ क्वाती पूर्णीमा भन्ने चलन रहेको छ । नौ थरी गेडागुडिको झोलमा फाइबर, मिनीरल्स्, इन्जाइम्स् हुनाले शरिरलाई फाईदा हुने चिकित्सकहरु बताउछन् । नेवारी समुदायले जनैपूर्णीमालाई बिशेष तरिकाले मनाउने बताउछन् संस्कृत विद्ध पूरोषेत्तम लोचन श्रेष्ठ । जनै पूणिर्माको दिनमा नौ थरी गेडागुडिको क्वाती पिएर, नौ थरी नँया, चोखो लुगा लगाएर नौ वटा ढुंगे धारामा गएर पुजा गर्ने प्रचलन रहेको उनले बताए । उनी भन्छन्,‘पूर्व दिशामा रहेको ढुंगे धारामा स्नान गरि पुजापाठ गर्नाले संसारमा रहेका जिवित प्राणीको कल्याण हुने र मृत्यु भैसकेको पित्रीहरुले प्रलोकमा मोक्ष प्राप्त गर्ने विश्वास रहेको छ’ उनले भने । धार्मीक हिसाबले घन्टाचर्न चतुर्दर्शीको दिनबाट कृषिको काम (रोपाई) समापपन हुने भएकाले जनै पुर्णीमाको दिन भ्यागुताको पुजापाठ गरि क्वाँटी खाने चलन रहेको उनी बताउछन् । उनी भन्छन्,‘खेतीपाती गर्दा बिभिन्न किरा किसीमलालाई जानेर होस् या अन्जानमा होस् मारेको भएर प्रयास्चितको लागि भ्यागुताको पुजा गर्ने प्रचलन रहेको छ।’

पोषणबिद्ध डा.अरुणा उप्रेदिका अनुसार क्वाँटी श्वास्थ्यका लागि निकै लाभदायक हुने उनी बताउछिन् । क्वाँटीको महत्व धार्मिक, सांस्कृतीक मात्र नभएर श्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्व रहेको उनी बताउछिन् । उनी भन्छिन्,‘ जनै पूर्णिमाको दिनमा नौ थरीका गेडागुडी खाने प्रचलन सदियौ देखि सुरुवात भएको हो, शरिरलाई निकै लाभदागी हुने भएकाले हप्तामा दुई पटक खानु पर्छ ।’ गेडागुडिलाई भिजाएर मात्र भन्दा पनि टुसा उमारेर खानु उपयुक्त मानीने उनी बताउछिन् । उनी भन्छिन्,‘गेडागेडिलाई जिवन्त खानाको रुपमा मानीन्छ, गेडागेडिबाट शरिरलाई चाहिने आवश्यक पोष्टिक तत्व पाइने हुदा श्वास्थ्यको हिसावले गेडागेडिको झोल पिउनु, गेडागुडि खानु पर्छ।’

बच्चा देखि पाका उमेर सम्मलाई गेडागुडिले फाईदा गर्ने उनी बताउछिन् । उनी भन्छिन्, ‘गेडागुडिलाई टुसा उमारेर खायो भने शरिरमा पाचनप्रणलीमा फाइदा गर्छ, गेडागुडिको रेसाले कब्जियत लगायतका समस्याको समाधान गर्छ ।’ क्वातीको झोल पिउनाले बच्चालाई कुपोषण हुन बाट बचाउने देखि शरिरमा शक्ति प्रदान गर्ने उनी बताउछिन् । भदौ महिना पछि बिस्तारै चिसो मौसमको सुरुवात हुने भएकाले झोलीलो खानेकुरा खाने प्रचलनमा ल्याइएको उनी बताउछिन् । उनी भन्छिन्,‘स्वास्थ्यको हिसावले शरिरलाई तातो र पोष्टिक तत्वयुक्त राख्न जनै पूर्णिमाको दिन क्वाँटी खाइने चलन रहको हो ।’ सुदूरपश्चिममा मनाइने गौरा पर्वमा नौ थरी गेडागुडी खाइने चलन रहेको उनी बताउछिन्।

नेपालीहरुले बर्षमा एक पटक नौ थरी गेडागुडी खाने प्रचल जनै पुर्णिमाको दिनमा रहेको छ । नौ थरी गेडागेडी लाई स्वाद अनुसार फरक फरक तरिकाले तयार गर्न सकिन्छ । नेवारी समुदायमा क्वाँटीमा मासु मिसाएर तयार पार्ने चलन छ । क्वाँटीको झोलले स्वास्थ्यमा राम्रो त गर्छ नै छालालाई पनि निकै राम्रो गर्ने बताउछिन् सारदा ज्ञावाली श्वास्थ खाना बिषेशज्ञ । घर परिवारमा सबैको स्वादलाई मध्यनजर गर्दै क्वाती तयार पार्नु पर्ने उनी बताउछिन् । उनी भन्छिन्,‘बच्चा देखि पाका उमेरका सदस्य हुने भएकाले उहाहरुलाई खान मन लाग्ने खालको रेसिपि तयार गर्नु पर्छ ।’ बच्चाको लागि बिशेष गरेर चिल्लो, पिरो र नुन मरमसालामा ध्यान दिनु पर्ने उनी बताउछिन् । क्वातीको मात्र ह्याब्बी हुने जस्तो भएको खन्डमा थोरै चामल मिसाएर जाउलोको स्वादमा पनि ख्वाउन सकिने उनी बताउछिन् । उनी भन्छिन्,‘घरमा उमेरको पाका सदस्यको लागि पनि मरमसला, चिल्लो, पिरो कम गरेर क्वाँटी तयार पार्न सकिन्छ, बिभिन्न रोगका बिरामीहरुको स्वास्थ्य स्थितीलाई ध्यान दिनु पर्छ।’

क्वाँटीवातीलाई स्वादिलो बनाउनको लागि ठाँउ अनुसार फरक फरक तरिकाले पकाउने चलन रहेको उनी बताउछिन् । सहाकारी, मांसाहारी दुबै तरिकाले क्वाँटी तयार गर्न सकिन्छ । ‘नौ थरी गेडागुडीको मिश्रणमा आलु, हरियो सागपात राखेर सामान्य तरिकादे ज्वानोले झानेर तयार पारिन्छ,’ उनी भन्छिन्, ‘भने मासु मनपराउनेले सागपातको सट्टा मासु पनि राखिएको हुन्छ ।’ नौ थरीको गेडागुडिबाट शरिरलाई चाहिले पोषणतत्व प्राप्त गर्न सकिने उनी बताउछिन्।

नागरिक