सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित चिया मजदुर

झापा :
चिया मजदुर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदुरले आन्दोलन गर्ने भएका छन् ।न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् ।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ मिली आन्दोलन गर्ने कुरा जनाएका छन् ।

सरकारले गत साउन एक गतेदेखि लागू हुनेगरी चिया मजदुरको न्यूनतम पारिश्रमिक २ सय ७८ बाट वृद्धि गरी ३ सय ८५ निर्धारण गरेको थियो । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदुरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,’ उनले भने ।

अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटाले पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताइन् । अखिल नेपाल चिया मजदुर संघ प्रदेश–१ का इन्चार्ज भूपाल सापकोटाले मजदुरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ ।

सौर्य अनलाइन

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments