कालिकोटको स्याउ काठमाडाैंमा

कालिकोट :
कालिकोटका स्याउ पकेट क्षेत्रमा फलेका स्याउ देशका विभिन्न ठाउँ पठाउने काम सुुरु भएको छ । जिल्लाका विभिन्न स्याउ पकेट क्षेत्रका किसानले भदौ दोस्रो सातादेखि विभिन्न ठाउँ पठाउन सुुरु गरेका हुुन् । कालिकोटबाट पठाइएको स्याउ सुुर्खेत, नेपालगञ्ज, दाङ, बुुटवल, चितवन, काठमाडौं, विराटनगरलगायत नेपालका प्रमुुख व्यापारिक सहरमा पुुग्ने गरेको व्यापारी मुुनबहादुुर थापाले बताए । स्याउ किसान तथा व्यापारीले भदौ महिनामा स्याउ बिक्री सुुरु गरेका छन् । उनले भदौ पहिलो साता नै बिक्री सुुरु भएको बताए । जिल्लाको तिलागुुफा नगरपालिका ४ को राचुुली र रताडामा उत्पादित स्याउले भारतीय स्याउन आयात रोकिएको छ ।

राचुुली र रताडाका सबै घरपरिवारले यस वर्ष न्यूनतम ४५ हजारको स्याउ बिक्री गरेका छन् । सबै ठाउँमा स्याउ उत्पादन राम्रो भएकाले सबैले ४० देखि ५० हजारसम्म स्याउ बिक्रीबाट आम्दानी लिएको स्थानीय ऐनबहादुुर शाहीले बताए । ‘विगतमा रोजगारीका लागि भारत जाने संख्या निकै थियो’, उनले भने, ‘यो वर्ष स्याउबाट वर्षभरि खाने पैसा कमाएँ । त्यसैले कोही पनि रोजगारीका लागि अन्यत्र गएका छैनन् ।’

राचुुली र रताडामा स्याउ बिक्रीबाट करिब एक करोडभन्दा बढी आम्दानी भएको स्थानीय तथा स्याउ किसान दानबहादुुर शाहीले बताए । स्याउको राजधानीका रूपमा चिनिएको तिलागुुफा नगरपालिका १ बजेडीचौरका किसानले ७२ लाखको स्याउ बिक्री गरेका छन् । बजेडीचौर टोलका ३१ घरपरिवारले यो वर्षमात्रै ७२ लाखबराबरको स्याउ बिक्री गरेका हुुन् । ७२ घरधुुरी रहेको बजेडीचौरका ३१ किसानले धेरै स्याउ फलाएका थिए । जिल्लाका तिलागुफा नगरपालिकामा १० हजार मेट्रिक टन र अन्य ठाउँमा दुुई हजार मेट्रिक टन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । तिलागुुफा नगरपालिका यस वर्ष ८० प्रतिशतमा स्याउ फलेको तिलागुुफा नगरपालिका प्रमुुख प्रशासकीय अधिकृत गोबिन्दप्रसाद पाण्डेले बताए ।
अन्नपुर्णपोस्ट

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments